डालसमा अप्रिल २९ मा “मेगा ब्लड ड्राइभ” सम्पन्न हुँदै

अप्रिल २२, डालस । ब्लड डोनर्स अफ अमेरिकाले आगामी आइतबार अप्रिल २९ गते एक बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाका अध्यक्ष श्री शिव काफ्लेले नेपाली समाज टेक्सासको सहकार्य र कार्टर ब्लड केयरको सहयोगमा उक्त “मेगा ब्लड ड्राइभ” गर्न लागिएको जनाउनु भएको छ । रक्तदान कार्यक्रम डालस नजिकै रहेको शहर अर्भिंगमा स्थापित नेपाली मन्दिरको भवनमा बिहान साढे दश बजे शुरु भै अपरान्ह ४ सम्पन्न हुनेछ ।
हाम्रा पुराण र धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार कलियुगमा मुक्तिको सबभन्दा सजिलो मार्ग दान हो । मै खाउँ मै लाउँ सुखसयल वा मोज म गरूँ भन्ने जमातको बिचमा दानवीर बन्न त्यति सजिलो भने पक्कै छैन । दानमा पनि कन्यादान सबभन्दा ठुलो दान मानिन्छ जहाँ बुवाआमाले आफुले दुख गरेर हुर्काएकी र हर तरहले योग्य भैसकेकी आफ्नी छोरी दान गर्छन । तर बिज्ञान र प्रविधिको बिकासले कन्यादानलाइ पनि पछि पार्दै रक्तदानलाई झन् ठुलो दान बनाइदिएको छ । एकजनाले दिएको रगतले ३ जनाको ज्यान जोगिने भएकोले रक्तदानको महत्व बढेको हो ।

अमेरिकाका धेरै राज्यहरुमा सक्रिय र समाजको बास्तबिक सेवामा समर्पित थोरै नेपाली संस्थाहरु मध्ये ब्लड डोनर्स अफ अमेरिका पनि एक हो । २९ वटा राज्यहरुमा राज्य स्तरीय शाखा गठन भएर सक्रिय रहेको यो संस्थाको अध्यक्ष डाक्टर नन्द रेग्मी हुनुहुन्छ । मे महिनाको अन्तिम हप्ता अर्थात् मे २५ र २६ मा सम्पन्न हुन गैरहेको दोश्रो अधिबेशनको पुर्बसंध्यामा यो रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
“डालस क्षेत्रमा हामी सक्रिर्यतापुर्बक यो रक्तदान कार्यक्रम सम्पन्न गर्न लागिपरेका छौं । हामी बसेको भुमिको सेवामा केहि गर्नु हाम्रो कर्तब्य पनि हो । यो संसारमा जसलाई पनि चल्ने भनेको रगत हो । यसमा जाति, बर्ण, लिङ्ग वा क्षेत्रको भेदभाव हुँदैन । रगत दिएर सिद्दिन्न । हरेक ३/३ महिनामा रगत दिंदा स्वास्थ्य पनि राम्रो हुन्छ । ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास शाखाले पनि स्थापना कालदेखि नै कार्टर ब्लड केयरसंग मिलेर रक्तदान कार्यक्रम संचालन गरेर धेरै मानिसको ज्यान बचाएको छ” टेक्सास शाखाका अध्यक्ष शिव काफ्ले स्पस्ट पार्नुहुन्छ ।
बिगत केहि महिना देखि डालस क्षेत्रमा रगतको संचितिमा ब्यापक कटौती भएको छ । सामान्यतया ३ दिनसम्म धान्ने रगत मौज्दात रहने अवस्थाबाट यतिबेला एकदिनको लागि मात्र पुग्ने रगत छ । रेड क्रस सोसाइटी र कार्टर ब्लड केयरले सबै नागरिकहरुलाई रक्तदानको लागि अपिल समेत गरेका छन् । संचिति दिनानुदिन घट्दै गएको अबस्थामा यतिबेला रक्तदान झन् महत्वपूर्ण भएको देखिन्छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाको यो शुभकार्यले थुप्रै व्यक्तिहरुको ज्यान जोगिने कुरामा आशाबादी हुन सकिन्छ ।


त्यसो त रगत सँधै संचित गरेर राख्न सकिन्न । तापक्रम मिलाएर र उचित तरिकाले संचित गरेको रगतको रेड ब्लड सेलको आयु पांच देखि ६ हप्ता मात्र हुन्छ । रेड ब्लड सेल रक्तदानको मुख्य तत्व मानिन्छ । ग्रुप मिलाउनु पर्ने अर्को बाध्यता पनि छ । दुर्घटनामा वृद्धि, गर्भवती र सुत्केरी महिलामा हुने अत्यधिक रक्तश्रावको कारण रगतको माग बढ्दै गएको छ । यस्तो जोखिमपूर्ण अबस्थामा आफु बसेको समाजको उच्चतम सेवा रगत दिएर गर्न सके यहाँको समुदायमा पनि आप्रबाशीहरु माथिको नकारात्मक धारणा बदल्न सजिलो हुने अनुमान गर्न सकिन्छ । “बसुदैव कुटुम्बकम” मूल नारा रहेको यो रक्तदानमा भाग लिन ब्लड डोनर्स अफ अमेरिकाले सबैमा बिनम्र अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907