भर्खरै

राज्यद्रोहको आरोपमा सिके राउत पक्राउ

जनकपुरधाम, २० माघ । प्रहरीले डा सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पु¥याएको छ । उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यही माघ ५ गते लहानको सहिद चोकमा आयोजित कार्यक्रममा उनले गरेको भाषण राज्यविरुद्ध रहेको आशङ्का गरी अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका […]


नुवाकोटमा सामूहिक व्रतबन्ध

त्रिशूली(नुवाकोट), १९ माघ । जिल्लाको एक मात्र संस्कृत विद्यालय सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माविले आज श्रीपञ्चमीका अवसरमा ९९ जनाको सामूहिक ब्रतबन्ध गराएको छ । विदुर –७ देवीघाटस्थित नीलकण्ठ धाममा गरिएको सामूहिक व्रतबन्ध थोरै शुल्कमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले बताउनुभयो । विसं २०५५ मा संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि विद्यालयलाई […]


संगीतकर्मी कल्याणकारी कोषमा सेलिब्रेटि मेनेजमेन्ट नेपालले दियो १५ हजार : गायीका श्रेष्ठ शर्मिलाको पारिश्रमिकनै कोषलाई

सेलिब्रेटि मेनेजमेन्ट नेपालले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गरेको छ । सेलिब्रेटि मेनेजमेन्ट नेपालको आयोजनामा राजधानीमा सम्पन्न गायकद्वय निशान भट्टराई र सुरेश लामाको प्रस्तुती सहितको बिशेष सांगीतिक कार्यक्रमका बीच कोषलाई रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणी भक्तराज आचार्य, वरिष्ट गायक फत्तेमान तथा चर्चित गायक सत्य÷स्वरुप […]


सहभागिताका लागि संयोजकद्वारा धन्यवाद ज्ञापन

जनवरी १४, २०१७ मा डालसमा एन आर एन अमेरिकाको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारण सभाको संयोजक एन आर एन अमेरिकाका उपाध्यक्ष राम पोख्रेल थिए । कार्यक्रम भब्य रुपमा सफल भएकोमा धन्यवाद दिंदै संयोजक राम पोख्रेलले एक बिज्ञप्ति मार्फत सबैलाई धन्यवाद व्यक्त गरेका छन् । बिज्ञप्ति जस्ताको तस्तै : गैर आवासिय […]


आप्रवासी प्रवेश निषेधात्मक आदेशविरुद्ध वाशिंटनको संघिय अदालतमा मुद्धा दायर

सियाटल, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ । यसै क्रममा, वासिङ्गटन राज्यका महान्याधिवक्ताले यस आदेश विरुद्ध […]


श्रीपञ्चमी (वसन्त पञ्चमी)

काठमाडौँ, १८ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले […]


माघभित्रै निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : खड्का

संशोधन नगरी निर्वाचनको मिति घोषणा गरे सम्बन्धविच्छेद हुन्छ, समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं  :महतो संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गर्नुहुँदैन्  :साह सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माँग गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको […]


अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी : राष्ट्रसङ्घ

जेनेभा (स्वीट्जरल्यान्ड), १७ माघ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ । ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ । राष्ट्रियताका आधारमा मात्रै कसैमाथि […]


अमेरिकी मूल्य र मान्यताहरु धरापमा परे : ओबामा

डोनाल्ड ट्रंपले रास्ट्रपतिको सपथ लिएको दुइ हप्ता बित्न नपाउंदै देश मुठभेड तर्फ जाने संकेत देखिएको छ । अमेरिकाभर प्रदर्शन शुरु भएका छन् भने पक्ष र बिपक्षमा तिब्र रुपमा ध्रुविकरण शुरु भएको छ । निबर्तमान रास्ट्रपति बाराक ओबामाले अमेरिकी मूल्य र मान्यताहरु धरापमा रहेको भन्दै धारणा सार्बजनिक गरेपछि ट्रंपको ७ वटा देशबाट अस्थायी रुपमा आबासिय र […]


देवदह सिङगीङ आइडलमा मन जित्दै सुस्मिता

उदियमान गायकहरुको खोजि र सम्मान गर्ने उद्धेस्यले संचालन गरिएको देवदह आइडल सोमबार देखि भोटिंग राउण्डको दोश्रो चरणमा प्रवेश गरेको छ । माघ १३ देखि शुरु भएको देवदह औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सवमा प्रतिभाको खोजि गर्ने उद्धेस्यले संचालन गरिएको विभिन्न प्रतियोगितात्मक प्रस्तुतिहरु मध्ये देवदह सिङगीङ आइडल तेश्रो चरण सम्म आइपुग्दा प्रदर्शनीमा मुख्य आकर्षण बन्न पुगेको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907