माघभित्रै निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : खड्का

संशोधन नगरी निर्वाचनको मिति घोषणा गरे सम्बन्धविच्छेद हुन्छ, समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं  :महतो
संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गर्नुहुँदैन्  :साह
सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माँग गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केन्द्रिय सदस्य खड्काले भने,‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजिनामा दिएर बाटो खोलिदिनुपर्छ, सहज रुपमा राजिनामा दिनुपर्छ।’unnamed
साक्षात्कारमा बोल्दै खड्काले भने,‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्ममात्रै हो, काँग्रेससँग सम्झौता भएको छ।’ उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे।
खड्काले भने,‘यो सरकार नै निश्चित् उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ ? त्यसैले उहाँले निर्वाचन नगर्ने हो भने सहज रुपमा राजिनामा दिएर मुलुकलाई निकास दिनुपर्छ, अर्को चूनौति लिन तयार हुने नेता प्रधानमन्त्री बन्नुहुन्छ।’
नेता खड्काले मधेशी मोर्चालेपनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने बताए।‘प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभएपनि मोर्चा चुनावमा जानुपर्छ’ उनले अघि भने,‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन्, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गाह«ो हुन्छ।’
उनले सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्ने जिकिर गर्दै भने,‘हामी यो प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्छौं, तर पारित भएन वा जे भएपनि यसको नतिजालाई स्विकार गर्दै चुनावमा जानुपर्छ।’
उनले प्रस्ताव पारित नभए मोर्चाले पनि अब आन्दोलनमा नजाने प्रतिबद्धता गर्नुपर्ने उल्लेख गरे। त्यस्तै उनले संविधान संशोधन प्रस्ताव संसदमा टेबुल भैसकेकोले यसलाई थाँती राखेर निर्वाचनमा जाने कुरापनि ठिक नहुने धारणा राखे।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी दिएका छन्। unnamed (2)
उनले भने,‘विभेदकारी संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गरे, हामी त्यसलाई कुनै हालतमापनि मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर हामी आन्दोलनमा जान्छौं, सरकारसँगको सम्बन्धविच्छेद गर्छों।’ महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए। ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ, उनले थपे।’
महतोले परिवर्तनका एजेण्डाहरु सडकबाट आएका उल्लेख गर्दै भने,‘यो देशमा परिवर्तनका एजेण्डाहरु सडकबाट आएका हुन्, संघीयता र गणतन्त्र कसको एजेण्डा हुन्, सडकको मत लिएको होईन र?’
उनले अहिलेका प्रमुख दलहरु अन्तरिम संविधानबाटपनि पछि हटेको आरोप लगाए। महतोले थपे,‘अब बेइमानी चल्दैन, यो चुनाव÷सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ?’ उनले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मधेशी जनताको अधिकारमा डकैती गरेको समेत आरोप लगाए।
महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप लगाउँदै भने,‘एमालेले धेरै बेईमानी गर्यो क्या, तर यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुम अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भैरहेको छ क्या।’ यद्धपी उनले काँग्रेस र माओवादी केन्द्रको भने बुद्धि आएको तर्क गरे।
त्यस्तै महतोले संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नुपर्छ भनेर एमालेले ढोल पिटिरहेको समेत गुनासो पोखे। स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको जिकिर गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने उनले माँग गरे। उनले थपे,‘पूर्नसंरचनाको नाममा फेरि मधेशमा नयाँ ढंगले विभेद सूरु गरिएको छ, यो हामी मान्दैनौं, मधेशमा ५१ प्रतिशत जनसंख्या छ, तर २५ प्रतिशतपनि दिईएको छैन।’
स्थानीय तहको पूर्नसंरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको दाबी थियो। उनले भने,‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घट्ना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’ उनले पूर्नसंरचना गर्दापनि पूर्वाग्रही राखेको आरोप लगाए।
त्यस्तै उनले राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्दा मधेशमा षड्यन्त्र गरेजस्तै अहिले रेलवेको नाममा अर्को नयाँ ढंगको षडयन्त्र गर्न लागिएको भन्दै हाईवे र सिमानाकोवीचबाट रेलवे मार्गको डिपीआर गर्नुपर्ने माँग गरे। उनले थपे,‘यस्तै विभेद गरिरहने हो भने विष्फोट हुन्छ।’
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए। unnamed (1)
उनले भने,‘संविधान संशोधन नगरीकन निर्वाचनको मिति घोषणा गर्नु, प्रतित्युपादक हुन्छ, यो सरकार बनेकै संविधान संशोधन गर्नको लागि हो, त्यसैले संशोधन नगरी चुनावमा जानु भनेको द्धन्द्ध बढाउनु हो, नहुने निर्वाचनको मिति घोषणा गरेर प्रधानमन्त्रीले जोखिम मोल्नुहुँदैन्।’
उनले भने,‘संशोधन विद्येयक पारित गरेरमात्रै चुनावमा जानु सुल्टो बाटो हो, यसलेमात्रै मुलुकको समस्या दीर्घकालिन रुपमा समाधान गर्छ, उल्टो बाटो हिँड्नको लागि प्रधानमन्त्रीलाई कसैलेपनि प्रेरित गर्नुहुँदैन्।’ देशलाई सही दिशामा अघि बढाउनको लागि दलहरुवीच समझदारी बन्नुपर्ने उनको भनाई थियो। उनले संशोधन प्रस्ता पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा राखे।
स्थानीय तहको पूर्नसंरचनाको प्रतिवेदनसमेत परिमार्जन गर्नुपर्ने उनले माँग गरे। साहले भने,‘पूर्नसंरचना गर्दा हतारमा गरिएको छ, मधेशमा यसले विभेद गरेको छ, त्यसैले जनसंख्याको आधारमा पूर्नसंरचना गर्नुपर्छ, आयोगको प्रतिवेदन यथास्थितिमा कार्यान्वयन गर्नु भनेको मधेशमा फेरि अर्को आन्दोलन हुनु हो।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907