संगीतकर्मी कल्याणकारी कोषमा सेलिब्रेटि मेनेजमेन्ट नेपालले दियो १५ हजार : गायीका श्रेष्ठ शर्मिलाको पारिश्रमिकनै कोषलाई
सेलिब्रेटि मेनेजमेन्ट नेपालले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गरेको छ ।
सेलिब्रेटि मेनेजमेन्ट नेपालको आयोजनामा राजधानीमा सम्पन्न गायकद्वय निशान भट्टराई र सुरेश लामाको प्रस्तुती सहितको बिशेष सांगीतिक कार्यक्रमका बीच कोषलाई रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणी भक्तराज आचार्य, वरिष्ट गायक फत्तेमान तथा चर्चित गायक सत्य÷स्वरुप राज आचार्यका आधा दर्जनभन्दा बढि गीत गाएका थिए भने हिन्दी गजल समेत गाएका थिए । कार्यक्रममा सेलिब्रेटि मेनेजमेन्ट नेपालको तर्फबाट गरिएको सहयोगको चेक अध्यक्ष सुवास प्रधान र निर्देशक सरु श्रेष्ठले संगीतकार संघ नेपालका उपाध्यक्ष शान्तिराम राईलाई हस्तान्तरण गर्नु भएको थियो । यसैबीच गायीका श्रेष्ठ शर्मिलाले एक कार्यक्रमको पारिश्रमिक नै कोषलाई हस्तान्तरण गर्नु भएको छ । सोनाम ल्होछारका अबसरमा खार्पाचोकमा आयोजीत कार्यक्रममा गायीका श्रेष्ठ शर्मिलाले आफनो प्रस्तुती वापत प्राप्त पारिश्रमिक बाट ५ हजार रुपैया कोषलाई हस्तान्तरण गर्नु भएको हो । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।