देवदह सिङगीङ आइडलमा मन जित्दै सुस्मिता
उदियमान गायकहरुको खोजि र सम्मान गर्ने उद्धेस्यले संचालन गरिएको देवदह आइडल सोमबार देखि भोटिंग राउण्डको दोश्रो चरणमा प्रवेश गरेको छ ।
माघ १३ देखि शुरु भएको देवदह औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सवमा प्रतिभाको खोजि गर्ने उद्धेस्यले संचालन गरिएको विभिन्न प्रतियोगितात्मक प्रस्तुतिहरु मध्ये देवदह सिङगीङ आइडल तेश्रो चरण सम्म आइपुग्दा प्रदर्शनीमा मुख्य आकर्षण बन्न पुगेको छ । १८ जना सहभागीहरुले छनौट चरण पार गरि जज राउन्दमा पुग्दा सम्म पुग्दा कलाकारहरुले बेजोड प्रस्तुति गरेकाले सिङगीङ आइडल प्रतिष्प्रधिको प्रस्तुति सुन्न ठुलो सख्यामा दर्शकहरु झुम्मिएको आइडलमा संयोजक रमेश पोखरेलले बताए ।
सोमबार भएको भोटिंग राउण्डमा दर्शकहरुले गरेको भोटिंग र कलाकारहरुको प्रस्तुतिको आधारमा ७ जना प्रतिष्प्रधिहरु अघिल्लो चरणमा प्रवेश गरेका छन् । दर्शकहरुको भोट र प्रस्तुतिको आधारमा प्रत्येक २÷२ दिनमा २ जना प्रतियोगीहरुलाई बाहिर निकालेर देवदह सिन्गिंग आइडलको छनौट गरिने आयोजकले जनाएका छन् ।.
देवदह सिङगीङ आइडलमा रुपन्देही जिल्लाका विभिन्न ठाँउबाट आएका नवोदित कलाकारहरुले भाग लिएको भएपनि देवदह खैरेनीकी स्थानीय प्रतिभा सुस्मिता पौडेलको प्रस्तुतिले धेरैको मन जित्न सफल भएको छ । गायनमा कहिल्यै भाग नलिएको सुस्मिताले पहिलो पटक मन्चमा गीत प्रस्तुत गरेर दर्शकहरुलाई मख्ख मात्र परिनन, सिंगर अफ द डे को उपाधि समेत जितीसकेकी छन । बुटवल बहुमुखी क्याम्पसमा बि.एड. दोश्रो वर्षमा अध्ययनरत सुस्मिताले अत्यधिक दर्शक भोट प्राप्त गरि दोश्रो भोटिंग राउण्डको उत्कृष्ट सातमा पर्न सफल भएकी छन् ।. शुरुमा स्टेजमा जाँदा डर लागेपनि गीत गाउदा दर्शकहरुले दिएको माया र साथले डर त्यागेर राम्रो गीत गाउन हौसला मिलेको पौडेल बताउछिन । उनि भन्छिन “ पहिलो पटक भएपनि मैले राम्रो गर्ने कोशिस गरिरहेकी छु, दर्शक र श्रोताहरुको माया पाएर अघिल्लो चरणमा पुग्नेमा विस्वस्त छु” ।