रत्ननगर, चितवन, ११ जेठ ९ ः चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ । विहीवार […]
भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्। भारतमा घातक निपा भाइरसका कारण मृत्यु इबोला: कंगोको शहरमा देखिएपछि चिन्ता केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका […]
विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्। सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्। गोरेको बयानले […]
काठमाडौं – नेपालका सन्दीप लामिछानेले चेन्नई सुपरकिङ्ग्स सङ्गको खेलमा स्टाइलिस प्लेयर बनेका छन । दिल्लीलाई जिताउने क्रममा प्रभाबशाली बलिङ गरेका सन्दिप स्टाइलिस प्लयेर बनेका हुन । अघिल्लो खेल भन्दा अाज भएको चेन्नर्इ सुपरकिंग्सविरुद्धको खेलमा विश्वकै सुपरस्टार खेलाडी विरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। ४ अोभरको स्पेलमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिए। यसअघि बैंग्लोरविरुद्ध डेब्यू […]
संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा कैयौंको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्। अमेरिका: विद्यालयमा गोली चल्दा १७ मारिए बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थहरु बरामद गरेको जनाएका छन्। गत […]
काठमाडौँ, २ जेठ: जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतले नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले आज कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गरेको विशेष प्रवचनमा उहाँले नास्तिक मानिसका पनि अन्तरात्मा आस्तिक हुने बताउनुभयो । “विज्ञान वेदकै अंग हो, वेदकै अध्ययनले पश्चिमी देशका मानिसले ठूला वैज्ञानिक उपलब्धि हासिल गरेका […]
मे १३, डालस। ब्लड डोनर्स अफ अमेरिकाको आगामी मे २५-२६ मा एट्लाण्टामा हुने सम्मेलन बारे जानकारी गराउने उद्देस्यले आज यहाँ एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो। बेड्फ़ोर्ड सिटि स्थित फिस्टेल रेस्टुरेन्टमा आयोजित उक्त भेटघाटमा डालस वरपर सक्रिय पत्रकारहरुका साथै अन्य स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डाक्टर नन्द रेग्मीको उपस्थितिमा […]
इस्लामावाद, पाकिस्तान, ३० वैशाख : पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जानेगरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ । हलद्वारा चलाइएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्यु भएपछि पाकिस्तानी जनमानस अमेरिकाप्रति आक्रोशित […]
मे पोख्रेल९ डालस, टेक्सास। मेलोडी किङ्गको नामले नेपाली सांगीतिक आकाशमा लोकप्रिय सुगम पोख्रेल यहि मे १९ गते सनिबार डालसमा आफ्नो प्रस्तुति दिने भएका छन्। अमेरिका विभिन्न शहरहरुमा आफ्नो गलाको जादु प्रस्तुत गर्ने क्रममा उनी डालस आउन लागेका हुन्। बिगत केहि हप्ता देखि अमेरिकामा छन्। अमेरिकाका करिव ३० वटा शहरहरुमा उनले आफ्नो स्वरको जादु मार्फत नेपालीभाषी दर्शक […]
चीनमा कुनै बेला उच्च नेतृत्वको दाबेदारका रूपमा हेरिएका सुन जङसाईलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलसजाय सुनाइएको छ। भूतपूर्व पोलिटब्युरो सदस्य सुनलाई कुनै बेला नेतृत्वमा पुग्ने अधिकारीका रूपमा हेरिन्थ्यो। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ पर्ने उनी पछिल्लो वरिष्ठ अधिकारी हुन्। दुई करोड ६७ लाख डलरभन्दा पनि धेरै रकम घुस लिएकोमा उनी दोषी ठहर भएका हुन्। चीन: […]