चीन: भूतपूर्व उच्च अधिकारीलाई आजीवन कारावास
चीनमा कुनै बेला उच्च नेतृत्वको दाबेदारका रूपमा हेरिएका सुन जङसाईलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलसजाय सुनाइएको छ।
भूतपूर्व पोलिटब्युरो सदस्य सुनलाई कुनै बेला नेतृत्वमा पुग्ने अधिकारीका रूपमा हेरिन्थ्यो।
राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ पर्ने उनी पछिल्लो वरिष्ठ अधिकारी हुन्।
दुई करोड ६७ लाख डलरभन्दा पनि धेरै रकम घुस लिएकोमा उनी दोषी ठहर भएका हुन्।
दोषी
चोङचिङ शहरका भूतपूर्व पार्टी प्रमुख पनि रहेका ५४ वर्षीय सुनले गत एप्रिलमा आफू दोषी भएको स्वीकार गरेका थिए।
सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सुनको ‘गैरकानुनी कमाई’ जफत गरिनेछ।
चीनमा व्याप्त भ्रष्टाचारको नियन्त्रण गर्ने कदमलाई राष्ट्रपति सीले व्यक्तिगत रूपमा निगरानी गरिरहेका छन्।
सी राष्ट्रपतिको पदमा पुगेयता दश लाखभन्दा धेरै अधिकारीहरू दण्डित भइसकेका छन्।
तर आलोचकहरूले उनीमाथि आफ्ना राजनीतिक विपक्षीहरूलाई चुप लगाउन र उनलाई चुनौती दिने अधिकारीहरूलाई नियन्त्रणमा राखिराख्न भ्रष्टाचारविरोधी अभियानलाई साधन बनाएको आरोप लगाउने गर्छन्।
(cpबिबिसी नेपाल बाट )