जनप्रतिनिधिको एकवर्ष: रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

रत्ननगर, चितवन, ११ जेठ ९ ः चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ ।

जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो ।

एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ ।

विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भन्नुभयो, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।”

रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरमा ‘कल्चरल भिलेज’(साँस्कृतिक ग्राम) निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । विभिन्न जातजातिका घर निर्माण गरेर आएका पर्यटकले कुन घरमा बस्न चाहन्छन् त्यहाँ राख्न सकिने गरी कल्चरल ९साँस्कृतिक० घर बनाइने नगरपालिकाले योजना अघि सारेको छ ।

यस्तै, रत्ननगर बकुलहर अस्पताललाई ५१ श्ययाको अस्पताल बनाउने, सौराहा चोकमा बसपार्क बनाउने, नमूना सडक निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।

अहिलेसम्म ६० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको भन्दै नगरप्रमुख वनले अझै बाँकि २०० बिगाहा जग्गा भएकाले सबै खोजेर संरक्षण गर्ने बताउनुभयो ।

सभाहल, रंगशाला, सिटीहल, आधुनिक बसपार्क र स्मार्ट सिटी, शीतभण्डार निर्माणमा समेत नगरपालिका अघि बढेको वनको दाबी छ । नगरपालिकाका हरेक सेवा सूचना प्रविधिमैत्री बनाउन लागेको भन्दै उहाँले अब ‘पेपरलेस’ ९कागजबिना नै कामकाज हुने० नगर बनाउने दाबी गर्नुभयो ।

नगरपालिकाको योजनाअनुसार खाली जमिनमा वृक्षारोपण गरिनेछ । ट्राफिक व्यवस्थापन चुस्त पारिनेछ । दिगो फोहर व्यवस्थापनमा समेत ध्यान दिएर काम अगाडि बढेको छ । कयरखोलाको कोरिडोर क्षेत्रको विकासमा समेत नगरपालिकाले ध्यान केन्द्रित गरेको छ । यसका लागि गुरुयोजना निर्माणको तयारीमा लागेको वन बताउनुहुन्छ ।

नगरप्रमुख वनले अब युवालाई विदेश नै जानुनपर्ने, यहीँ स्वरोजगार हुनका लागि ४÷५ प्रतिशतमा कृषि ऋण उपलब्ध गराइने बताउनुभयो ।

नगरपालिकाले जिपिएस सिष्टम लागू गर्न लागेको छ । सुुशासन कायम राख्न अधिकतम प्रयास गरिने भन्दै वनले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारीले रु एक मागे पनि भन्नुहोस्, ठाउँका ठाउँ कारबाही हुन्छ ।”

नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सर्वसाधारणको सुझाव र आवश्यकताअनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विकासको आधार नै सडक भएको भन्दै बाटोको विस्तार र कालोपत्रेमा ध्यान दिन सुझाव दिनुभयो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले नगरपालिकालाई समृद्ध बनाउन व्यवसायीको सहयोग रहने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटाले स्मार्ट सिटी बनाउनका लागि पहिले रत्ननगरलाई वाइफाइ फ्रि जोन बनाउन नगरप्रमुख वनलाई सुझाव दिनुभयो ।रासस

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907