सुन तस्करी: मुख्य अभियुक्त गोरेले ‘खोले थप रहस्य’

विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्।

सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्।

गोरेको बयानले हालसम्म सुन तस्करीमा भइरहेका अनुसन्धान सही दिशामा गएको पुष्टि भएको र थप अनुसन्धानलाई सहज बनाइदिएको उनको भनाइ छ।

यद्यपि उनले अनुसन्धानका क्रममा रहेकाले अभियुक्त गोरेले दिएका थप नामहरू सार्वजनिक गर्न चाहेनन्।

गत वर्ष भन्सार छली तिब्बतको केरुङबाट अवैध तरिकाबाट ल्याइएको ८८ केजी सुन काठमाण्डूमा बरामद भएको थियो
(गत वर्ष भन्सार छली तिब्बतको केरुङबाट अवैध तरिकाबाट ल्याइएको ८८ केजी सुन काठमाण्डूमा बरामद भएको थियो)

पौडेलले भने, “कुन आधारमा ती मानिसको नाम लिइएको छ, त्यसको विभिन्न कोणबाट विश्लेषण गर्छौँ। त्यसपछि थप प्रमाण जुटेमा उनीहरुलाई पनि बयानका लागि ल्याउँछौँ।”

खोजबिन

पछिल्लो पल्ट चर्चित बनेको साढे ३३ केजी सुनको तस्करीको घटनाबाट सुरु भएको अनुसन्धान झन्डै तीन हजार आठ सय केजी सुनको तस्करीसम्म पुगेको र थप फरारलाई समात्न संयन्त्र परिचालन गरिएको छानबिन समितिले जनाएको छ।

चूडामणि उप्रेतीलाई पक्राउ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लगिँदै।
(चूडामणि उप्रेतीलाई पक्राउ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लगिँदै)

मन्त्रिपरिषद्ले छानबिनको लागि जेठ मसान्तसम्मको थप समय दिएको उक्त समितिले तोकिएको समयमै काम सक्ने गरि अनुसन्धान भइरहेको जनाएको छ।

सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलिरहेको छ।

मुद्दा चलाइएकाहरूमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्।

तर एसएसपी श्याम खत्री भने फरार रहेको बताइन्छ।(बिबिसी नेपालबाट)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907