पाँचौ इनास अवार्ड नेपालमा हुदै : महजोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मान गरिने : युएस एण्ड नेपाल अवार्डको अनलाइन मिडिया पार्टनर

असोज २७ गते काठमाण्डौमा सम्पन्न हुने पाँचौ इनास चलचित्र अवार्डमा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मान गरिने भएको छ । त्यसैगरी राष्ट्रकबि माधव प्रसाद घिमिरे,ईतिहासविद सत्यमोहन जोशी, बरिष्ठ सिनेकर्मी चेतन कार्की,बरिष्ठ गायक प्रेमध्वज प्रधान, नृत्यांगना बिमला श्रेष्ठलाई बिशिष्ट सम्मान गरिने आयोजकले जानकारी दिएका छन । सम्मान तथा कार्यक्रम एनआरएनए तथा इनासको सहकार्यमा हुने इनास ग्लोवल समितिका उपाध्यक्ष कमला दाहालले जानकारी दिइन ।

यसपाली १९ बिधामा अबार्ड बितरण गरिने अवार्ड कार्यक्रमका ब्यवस्थापक अन्तरा ईन्टरनेशनलका प्रमुख सुदीप कुमार रेग्मीले जानकारी दिए । प्रतिष्पर्धामा छानिएका सिनेमा हेर्नेकाम सकिएको र सोमबार टप तीन सार्बजनिक गरिने पनि उनले जानकारी दिए ।
अवार्डको जुरी सदस्यहरुमा अभिनेता रमेश बुढाथोकी, संगीतकार लक्ष्मण शेष, गीतकार करुण थापा,लगायत रहेका छन ।
कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक र साँस्कृतिक प्रस्तुति पनि रहने भएको छ । अवार्ड कार्यक्रममा अभिनेता सरोज खनाल रुपा राना, पल शाह, पूजा शर्मा ,रोहित रुम्बा ,नरेशबिर सिंह ,श्रद्धा प्रसाई नम्रता सापकोटा लगायतलाई स्टेजमा उतार्ने तयारी भैरहेको इभेन्ट निर्देशक दयाराम पाण्डेले जानकारी दिएका छन ।

कार्यक्रममा चर्चित हास्य कलाकारहरुको पनि प्रस्तुति रहने छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले यस अघि अघिल्लो बर्ष चौंथो अवार्ड सिक्किममा गरेको थियो । राष्ट्रिय सभागृहमा अपरान्ह ४ बजे देखी सुरुहुने कार्यक्रमको उदघाटन उपराष्ट्रपति नन्द बहादुर पुन बाट हुने र कार्यक्रमको प्रत्येक्ष प्रसारण रमाइलो टेलिभिजन बाट गरिने अयोजकले जानकारी दिएको छ । डिसहोमको १०४ नम्बर च्यालनमा प्रसारण भैरहेको यो टेलिभिजन केहि समय पहिले स्थापना भएको हो । युएस एण्ड नेपाल अवार्डको अनलाइन मिडिया पार्टनरको रुपमा रहेको छ ।
इनास अवार्ड सन् २०१२ मा जर्मनीमा २ विधामा अवार्ड वितरण गर्दै सुरु भएको हो ।

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907