अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

डालस, अमेरिका। अमेरिकाको प्रतिनिधिसभाले टिकटक प्रतिबन्ध लगाउने सम्बन्धि कानुन पास गरेको छ। आगामी ९ महिनाको समयावधि तोक्दै यो अबधिमा कि अमेरिकामा टिकटक बेच्नु पर्ने अन्यथा प्रतिबन्धित हुने कानुन पास भएको छ। चीनको बाइटडन्स कम्पनीद्वारा संचालित टिकटकका अमेरिकामा मात्र एकसय सत्तरी मिलियन प्रयोगकर्ताहरु छन्।


बिगत लामो समय देखि टिकटकको अल्गोरिदमले अमेरिकी जनताको सूचना संकलन गरी चीनलाइ सुम्पिन सक्ने आशंका गर्दै यसमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठ्दै आएको थियो। तर बाइट्डान्सले अमेरिकामा रहेका सबै प्रयोगकर्ताहरुको तथ्यांक अमेरिकामा रहेका सर्भरहरुमै सुरक्षित हुने र चीनको यसमा कुनै पहुँच नहुने स्पस्टिकरण दिंदै आएको थियो। सोसल मेडियाको क्षेत्रमा ठुलो तहल्का मच्चाइरहेको टिकटकको अमेरिकामा निकै ठुलो बजार छ। करिव १०० बिलियन डलरको मुल्य रहेको टिकटक बेच्ने वा प्रतिबध स्वीकार्ने चुनौती बाइट्डान्सलाइ आइलागेको छ।
अब यो कानुन सिनेटमा पुगेको छ। इजरायल, युक्रेन र ताइबानलाइ सहयोग गर्ने रकम भएको यो कानुनमा टिकटक प्रतिबन्ध पनि मिसाइएकोले यो सिनेटमा पनि छिट्टै पास हुनेछ भने आफ्नो डेस्कमा आएमा आफुले टिकटक प्रतिबन्ध सम्बन्धि कानुन हस्ताक्षर गर्ने कुरा रास्ट्रपति बाइडेनले यस अघि नै स्पस्ट पारिसकेका छन्।
टिकटकले सांसदहरुले १७० मिलियन प्रयोगकर्ता, ७ मिलियन ब्यबसायी र २४ ट्रिलियन डलरको राजस्व गुमाउन तयार हुनु आश्चर्यको बिषय भएको बताएको छ। त्यस्तै प्रयोगकर्ताहरुको अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि संविधानको पहिलो संसोधन उल्लङ्घन भएको आरोप लगाउंदै यो कानुन बिरुद्घ मुद्धा हाल्ने संकेत समेत गरेको छ। यो संगसंगै आगामी ९ महिनासम्म टिकटक बेचिएन भने अमेरिकामा पूर्णत बन्द हुनेछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907