डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र २००७ सालमा औपचारिक रुपमा स्थापना भएको एक धार्मिक संस्था हो । यसकै मातहतमा पशुपतिनाथ तथा बुद्ध मन्दिर संचालित छ । मन्दिरभित्र नियमित पुजा अर्चना दैनिक हुने गर्छ भने नेपाली मुलका हिन्दु र बौद्ध धर्मावलम्बीहरुका धार्मिक र सांस्कृतिक अवसरहरुमा बिभिन्न आबस्यक सांस्कारिक कार्यक्रमहरु समेत गर्ने गर्दछ । बिभिन्न […]
१९५५ मा म्याग्दीको एउटा बिकट गाउँमा जन्मेको एउटा ठिटो भाग्यको खेल अमेरिका सम्म आइपुग्यो । अमेरिका आएर पढ्यो । तर उसलाई आफ्नो गाउँ र देशको मायाले छोडेन । अर्कैले बनाइदिएको बनिबनाउ संरचनामा उसले आफ्नो सुखद भबिस्य कोर्न सक्थ्यो । तर उसले त्यसो गरेन । उसलाई लाग्यो आफ्नो मातृभूमिको ऋण तिर्नु पर्छ । अनि संसारकै धनी […]
लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो । बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ । […]
डालस, टेक्सास । डालसका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ टेक्सासले तीज पर्वको चेलीहरुलाई “दर” खुवाउने कार्यक्रम गर्ने भएको छ । आगामी सनिबार अर्थात् सेप्टेम्बर ८ गते उक्त चाड उल्लासपुर्बक मनाउन लागिएको कुरा महिला संयोजक आइषा ओझाले जानकारी गराउनु भएको छ । सनिबार समयमै अर्थात् अपरान्ह ५ बजेदेखि राति १ बजे सम्म अविच्छिन्न रुपमा मनाउन […]
डालस, टेक्सास। अर्भिंग सिटीको केन्द्रमा रहेको नेपालीहरुको आशाको धरोहर नेपाली मन्दिरमा आज बिशेष कार्यक्रमका बीच गौरा पर्ब मनाइयो । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा भएको उक्त गौरा पर्ब मनाउने कार्यक्रममा सुदुर पश्चिममा बस्ने नेपालीहरुका साथै अन्य नेपालीहरुको समेत निकै बाक्लो उपस्थिति थियो । देउडा नाचको समेत प्रस्तुति गर्दै उपस्थित सबैलाई फुल प्रशाद वितरण गरिएको थियो […]
नेपाल जर्नीले आगामी डिसेम्बर ८ गते सनिबार एक फन्ड रेजिंग डिनर आयोजना गर्ने भएको छ। त्यसको प्रेस रिलिज हामीलाई प्राप्त भएको छ । उक्त प्रेस रिलिज जस्ताको तस्तै : नेपाल जर्नी नेपालमा गएको भुकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, […]
डालस, टेक्सास । लामो समय देखि टेक्सासमा नेपाली संस्कृतिको निरन्तरता र विकासमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले सेप्टेम्बर १ गते सनिबार तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संघका अनुसार सनिबार साँझ ७ देखि १२ सम्म अविच्छिन्न रुपमा चल्ने उक्त तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम हाइवे १८३ को दक्षिणपट्टि रहेको डिएफ़्डब्ल्यु एयरपोर्ट होटेलमा […]
डालस, टेक्सास । रक्तदान जीवनदान हो भन्ने गहिरो अनुभूति गर्दै त्यसलाई वास्तविकतामा परिणत गर्न अमेरिकाको टेक्सासमा स्थापित केहि संस्थाहरु मिलेर रक्तदान कार्यक्रम यहि आउँदो अगस्त २६ आइतबार संचालन गर्ने भएका छन् । ब्लड डोनर्स अफ अमेरिका, नेपाली जनसम्पर्क समिति, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र र नेपाली समाज टेक्सासको अगुवाइमा यो मानवसेवा गर्ने कार्यक्रम तय भएको […]
डालस, टेक्सास । मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै रहेको प्लेनो सिटिमा मिस नेपाल युएस २०१८ घोषणा गरिएको छ । नेब्रास्का राज्यमा बसोबास गर्ने दिलासा न्यौपाने मिस नेपाल युएस छानिन सफल भएकी छिन । बधाई छ दिलासालाई । त्यस्तै दोश्रोमा टेक्सास राज्यकै लबक निवासी पोशा घर्ती […]
१९ अगस्त आइतबार मिस नेपाल युएस छैठौं शृंखला सम्पन्न हुँदैछ। यसमा भाग लिने नेपाली युबतीहरु बिभिन्न चरणमा तालिम लिंदैछन । संगसंगै उनीहरुले सामाजिक संजालमा आफ्नो लागि भोट पनि माग्दैछन । आफ्ना भावी योजना र विचार बिभिन्न अनलाइन मार्फत व्यक्त गरिरहेका छन् । त्यस्तै उनीहरुले आफ्नो कला समेत प्रस्तुत गरेर आफुलाई मिस नेपाल युएसको बिजयको दावेदार […]