अगस्त २६ आइतबार अर्भिंगस्थित नेपाली मन्दिरमा रक्तदान कार्यक्रम हुँदै

डालस, टेक्सास । रक्तदान जीवनदान हो भन्ने गहिरो अनुभूति गर्दै त्यसलाई वास्तविकतामा परिणत गर्न अमेरिकाको टेक्सासमा स्थापित केहि संस्थाहरु मिलेर रक्तदान कार्यक्रम यहि आउँदो अगस्त २६ आइतबार संचालन गर्ने भएका छन् । ब्लड डोनर्स अफ अमेरिका, नेपाली जनसम्पर्क समिति, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र र नेपाली समाज टेक्सासको अगुवाइमा यो मानवसेवा गर्ने कार्यक्रम तय भएको हो । रक्तदान कार्यक्रम नेपाली मन्दिर अर्भिंगमा बिहान १० देखि अपरान्ह ४ बजे सम्म हुनेछ ।


एक जनाको रगतले औसत ३ जनाको जीवनको रक्षा हुनसक्ने तथ्यांक छ । रगतमा रहेका सेलहरु मर्ने र बन्ने प्रक्रिया हरेक सेकेन्ड चलिरहेको हुन्छ । रगत दिंदा कमजोर भइने भन्ने सोंचाई कतिपयमा पाइन्छ । रगत दिंदा मोटो सुइ लगाउँदा दुख्छ भन्ने डरले समेत कतिपय रगत दिन हिच्किचाइरहेको पाइन्छ । तर मेरो अनुभवमा त्यस्तो केहि हुन्न । करिव १५ मिनेटको प्रक्रियामा कत्ति पनि नदुखाई तपाईंको रगत निकालिन्छ । रगत निकाल्नु अघि रक्त परिक्षण समेत गरिन्छ जसले रक्तदातामा केहि समस्या छ भने पनि थाहा पाइन्छ । जीवनदान बाहेक रक्तादताको लागि यो अर्को बोनस फाइदा हो ।
कार्टर ब्लड केयर मार्फत रगत आबस्यक व्यक्तिहरु सम्म पुर्याउने गरिन्छ । यो रक्तदान कार्यक्रम पनि कार्टर ब्लड केयरको सहयोग मै हुन लागेको छ । तर समयको चापको कारण जम्मा ५ घण्टा उनीहरुले हामीलाई समय दिनेछन । त्यसको लागि यसपटक अपोइण्टमेन्टको व्यवस्था समेत मिलाइएको छ । सहयोगी संस्थाहरुका जो कसैलाई पनि सम्पर्क गरेर आफ्नो अनुकुल समय मिलाएर रक्तदान गर्न जान सकिन्छ जसले त्यहाँ गएर कुर्नु पर्ने झन्झट अन्त्य गर्नेछ । बिना अपोइण्टमेन्ट जानेले भने कुर्नु पर्ने हुनसक्छ ।
यो कार्यक्रम बिपी जयन्तिको अबसरमा गर्न लागिएको नेपाली जनसम्पर्क समितिले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907