नेपाली मन्दिरमा तीज पर्वको पुजा अर्चना कार्यक्रम सेप्टेम्बर १२ मा
डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र २००७ सालमा औपचारिक रुपमा स्थापना भएको एक धार्मिक संस्था हो । यसकै मातहतमा पशुपतिनाथ तथा बुद्ध मन्दिर संचालित छ । मन्दिरभित्र नियमित पुजा अर्चना दैनिक हुने गर्छ भने नेपाली मुलका हिन्दु र बौद्ध धर्मावलम्बीहरुका धार्मिक र सांस्कृतिक अवसरहरुमा बिभिन्न आबस्यक सांस्कारिक कार्यक्रमहरु समेत गर्ने गर्दछ । बिभिन्न चाडबाडहरुमा सम्बन्धित गतिबिधि एनसीएससीले संचालन गर्दै आएको छ ।
तीज नेपाली हिन्दु महिलाहरुको एक महत्वपूर्ण चाड हो । लामो समय भेट हुन नपाएका माइतीहरुसंग भेट हुने र महादेव पार्वतीको पुजा गर्दै रमाइलो गर्ने तीजको परम्परा हो । परम्परालाइ जोगाउने सोहि उद्देस्यको लागि तीजको अबसरमा नेसांआकेले सेप्टेम्बर १२ गते बुधबार पुजा अर्चनाको बिशेष व्यवस्था गरेको छ ।
पार्किंगको समस्या, हलको आकार र अन्य ब्यबस्थापकीय कारणले सबै महिलाहरुलाई एकै चोटी पुजा गर्ने व्यवस्था गर्न गाह्रो छ । त्यस कारण बिभिन्न समुहमा पुजा गर्ने व्यवस्था मिलाइएको महासचिव सुरेश पोख्रेलले जनाउनु भएको छ । बिहान ६ बजे देखि पुजा अर्चनाको कार्यक्रम शुरु गरिनेछ । त्यसपछि हरेक दुइ घन्टामा समूह परिबर्तन गर्दै पुजा गर्ने अवसर प्रदान गरिनेछ । पुजामा सहभागी हुन चाहने महिलाहरुलाई ठिक समयमा आउन र आफ्नो पालो सकिए पछि अर्को समुहको लागि खालि गरिदिन समेत अनुरोध गरिएको छ । कार्यक्रम सम्बन्धी अन्य कुनै जिज्ञासा भएमा वा कुन समयमा जाँदा ठिक हुन्छ भन्ने बारेमा जानकारी चाहिएमा ९७२.९८६.७७७९ मा फोन गर्न सकिनेछ ।