म्याग्दी, १४ पुस । नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धतिअन्तर्गतको म्याग्दीमा पनि सुरु भएको छ । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्नका लागि बुधबारदेखि जिल्लामा स्वास्थ्य बिमाको दर्ता प्रक्रिया शुभारम्भ गरिएको छ । बिमा कार्यक्रममा सहभागी हुनका लागि पाँच जनासम्मको परिवारले प्रतिवर्ष रु दुई हजार ५०० तिरेमा उक्त परिवारका […]
संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटुले १२ हजार हस्तान्तरण गर्नु भएको छ । अटुले आफ्नो पूर्व प्रतिबद्धता अनुसार १२ हजार नगद कोषलाई दिनु भएको हो । अटुले उपलब्ध गराएको रकम संगीतकार तथा गायक सिडि बिजय अधिकारीले संघका प्रेस सल्लाहकार लोकराज अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । संगीतकार अटुले कोषमा सहयोग गर्दै संगीतकार […]
झापा, १३ पुस । पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जित्नुभएको छ । दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । उक्त स्पर्धामा सुदूरपश्चिमका सञ्जिव खड्का र […]
जेरुसेलम (इजरायल), १२ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा गत शुक्रबार विवादास्पद पूर्वी जेरुसेलम र वेस्ट ल्यान्डमा इजरायलले बस्ती विस्तारमा रोक लगाउने प्रस्तावमा मतदान गर्ने सदस्य राष्ट्रसँगको इजरायली सम्बन्धलाई अस्थायी रुपमा कम गर्ने इजरायली विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इमानुयल नाहसोनले इजरायललाई असर पुग्ने गरी राष्ट्रसङ्घमा भएको उक्त निर्णयपछि मतदान गर्ने […]
दीपक घिमिरे, लुम्बिनी, १२ पुस । विश्व शान्तिको केन्द्र लुम्बिनी अहिले अस्तव्यस्त छ । लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीको आन्दोलन र कोष पदाधिकारीको गैर जिम्मेवारपनका कारण लुम्बिनी अस्तव्यस्त बन्न पुगेको हो । लुम्बिनीलाई पवित्र र शान्ति क्षेत्रको रुपमा परिभाषित गर्ने गरिए पनि कोषमा कार्यरत पदाधिकारी र कर्मचारीको मनपरीतन्त्रका कारण समय समयमा लुम्बिनीमा अशान्ति मच्चिने गरेको […]
झापा, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन् । सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो […]
संयुक्त राष्ट्रसङ्घ, ११ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राष्ट्रसङ्घ सुरक्षा परिषद्ले इजरायल र प्यालेस्टिनीबीचको विवादास्पद भूमि वेस्ट ल्यान्ड र पूर्वी जुरुसेलममा इजरायलद्वारा बस्ती विस्तार नगर्ने विषयमा दिएको निर्णयलाई ‘एउटा महत्वपूर्ण कदम’ भएको बताउनुभएको छ । महासचिव बानले शुक्रबार सुरक्षा परिषद्बाट १४ मतका विरुद्ध शून्य मत अन्तरले गरिएको निर्णय विश्व समुदायबाट भएको संयुक्त […]
मस्को (रसिया), १० पुस । रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानमा यात्रारत सम्पूर्ण यात्रु जीवित पाउने आशा लगभग अन्त्य भएको छ । रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ । घटनास्थलबाट चार मृत शरीरको पनि उद्धार […]
भक्तपुर, १० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताउनुभएको छ । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको आज दत्तात्रयमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।” अध्यक्ष बिजुक्छेले किसानले राम्ररी खेती गर्न […]
धनकुटा, १० पुस । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् । कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल […]