संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटु द्धारा १२ हजार हस्तान्तरण
संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटुले १२ हजार हस्तान्तरण गर्नु भएको छ । अटुले आफ्नो पूर्व प्रतिबद्धता अनुसार १२ हजार नगद कोषलाई दिनु भएको हो । अटुले उपलब्ध गराएको रकम संगीतकार तथा गायक सिडि बिजय अधिकारीले संघका प्रेस सल्लाहकार लोकराज अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । संगीतकार अटुले कोषमा सहयोग गर्दै संगीतकार संघको सदस्यताका लागी आबेदन सहितको शुल्क पनि उपलब्ध गराउनु भएको छ ।
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको डि आर अटुले बताउनु भएको छ । सय भन्दा बढि गीतका संगीत भरेका अटुको पछिल्लो गीत राजेश पायल राईको स्वरमा रहेको क्यारुम त नि चर्चित छ ।
संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । विवरण पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२, समाजसेवी प्रीति नेपालले १५ हजार इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार बेलायत बस्ने गीतकार संगीता बायुङ राईले ११ हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।