भर्खरै

पहाड र तराई अलग गरे नेपाल रहँदैन : जनमोर्चा अध्यक्ष केसी

भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो । अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड […]


निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ पुस । पूर्वराज्यमन्त्री तथा निलम्बित सभासद सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो । साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा […]


एकीकृत मुसहर नमुना बस्ती निर्माण सुरु

बर्दिबास, २५ पुस । महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ । हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, […]


पुस २८ देखि चितवनमा खिचरा महोत्सव हुने

चितवन, २५ पुुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा […]


अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा

काठमाडौँ, २४ पुस । ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, कृषि विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्वविद्यालयलगायतको आयोजनामा यही पुस २६ गतेदेखि २८ गतेसम्म हुन लागेको […]


ट्रंपलाइ जिताउन पुटिनले व्यक्तिगत रुपमै सहयोग गरेको सीआइए द्वारा निर्क्यौल

अमेरिकी गुप्तचर विभागको प्रतिबेदन वसिङ्गटन, २३ पुस । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् । उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति […]


रोल्पामा निर्मित हाइड्रोलिक पम्पको सांसद अमरसिंह पुन द्वारा उद्घाटन

लिबाङ (रोल्पा), २३ पुस । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपालमै पहिलोपटक रोल्पामा एकैसाथ जडान गरिएका पाँचवटा हाइड्रोलिक ¥याम (पापा) पम्पको एक भव्य समारोहका बीच शुक्रबार उद्घाटन गर्नुभएको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना (आइप्याक) र रिन्युएवल वल्र्डले ¥याम (पापा) पम्प निर्माण कार्य सम्पन्न गर्नका लागि करिब रु २२ लाख आर्थिक सहयोग गरेको […]


स्विडेन राजदरबारमा भूत !

स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न […]


एल्बम सार्वजनिक गर्दै गीतकार पुष्पा खनाल द्धारा कल्याणकारी कोषमा ५ हजार हस्तान्तरण

गीतकार पुष्पा खनालको आधुनिक गीतिसंग्रह ‘अभिनव’ सार्बजनिक भएको छ  ।  ८ दशक पार गरिसकेका आफ्ना बाबुआमाको हातबाट एल्बम सार्वजनिक गर्दै  भनिन्  दीर्घरोगबाट थलिएकी आफ्नी आमा र बुबाको उपस्थितिमा एल्बम सार्वजनिक गर्न पाउँदा निकै खुशी छु, खनालले भक्कानिँदै भनिन् आमा र बुबाको काखमा यसरी नै सधैं सिर्जना गर्न पाउँ भन्ने लागिरहेको छ । म्यूजिक संसार प्रालिको आयोजना […]


संगीतकर्मी कल्याणकारी कोषमा गीतकारहरु शुनिल र रिन्जीद्धारा २० हजार सहयोग : गीतकार नारायण गौतम द्धारा २० हजार घोषणा

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार रिन्जी सागर राई र गीतकार शुनिल उप्रेतीले सहयोग गर्नु भएको छ । गीतकार रिन्जी सागर राईले पुर्व प्रतिबद्धता अनुसार १५ हजार ५ को चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो । त्यसैगरी बिहिबार संगीत रोयल्टी संकलन समाज नेपालमा आयोजीत एक कार्यक्रममा गीतकार शुनिल उप्रेतीले नगद ५ हजार […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907