भर्खरै

ब्रेक्जिट र ट्रंप यात्रा एउटै दिशातर्फ

लण्डन, ८ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मेले संयुक्त अधिराज्यलाई सन् २०१९ मा एउटा “कठिन” ब्रेक्जिट अर्थात युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनतर्फ डोहोर्याउँदै छिन् । जनवरी १७ मा भएको एक समारोहमा बोल्दै उनले त्यसक्रममा युरोपेली संघसँग हुने सम्झौता–वार्ताका उद्देश्यहरुमाथि प्रकाश पार्दै देशको आर्थिक हित भन्दा पनि कट्टर ब्रेक्जिट समर्थकका मागहरुलाई प्राथमिकता दिने कुरा स्पष्ट पारिन् […]


गायक सरोज अधिकारीको म्युजिक भिडियो सार्वजनिक

लामो समय देखि कोरिया बस्दै आउनु भएका गायक सरोज अधिकारिको “मुटु फिर्ता दिएर जाउ”को सफलता पछि “तिमीसंगै हे माया रमाउन चाहन्छु” गितको म्युजिक भिडियो ड्रीम्स प्रोडकशन मार्फत नयाँ बर्षको मौका पारी सार्वजनिक गर्नु भएको छ। बिदेशीएका नेपाली युवाहरूलाई लक्षित गरी तयार पारिएको यो तिमी संगै हे माया गितको छायांकन कोरियाकै विभिन्न रमाइला क्षेत्रहरु मा गरिएको […]


ट्रंपले ४५ औं अमेरिकी रास्ट्रपतिको रुपमा सपथ ग्रहण आज गर्दै

जनवरी २०, २०१७, संयुक्त राज्य अमेरिका। अमेरिकाको ४५ औं रास्ट्रपतिको रुपमा डोनाल्ड ट्रंपले आज सपथ ग्रहण गर्दैछन। सपथ ग्रहण गर्न हिजै उनि वाशिंगटन डिसी आइपुगेका छन् । उनको सपथको लागि सबै तयारी पुरा भएको छ। चुनावी अभियानको दौरान उनले बाचा गरेका केहि कुराहरु उनले पहिलो दिनमै आफ्नो अधिकार प्रयोग गरि हस्ताक्षर गरेर पुरा गर्ने जनाइएको […]


रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

(कविता उपाध्याय) लिबाङ (रोल्पा), ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ […]


स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन गर्नुपर्छ : देउवा

चितवन, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताउनुभएको छ । काँग्रेस क्षेत्र नं ५ चितवनले आज पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय […]


डालस स्थित नेपाली पाठशालाको कक्षा आइतबार देखि: भर्नाको लागि अनुरोध

डालस नेपाली समुदायको एउटा ठुलो हबको रुपमा विकास हुँदैछ । आगामी केहि बर्ष भित्र डालस क्षेत्रमा नेपालीहरुको संख्या करिब १ लाख हुने अनुमान छ । बढ्दो आन्तरिक बसाइ सराइको कारण यो स्थिति सिर्जना हुन लागेको हो । एकपटक डालसको माटो टेके पछि अधिकांश अरु राज्यमा बस्ने नेपालीहरु यो ठाउंलाइ बिर्सिन सक्दैनन् र बसाइ सराइ गरिहाल्छन […]


अब, नेपालभर ‘फोर जी’ सेवा

(सिबी अधिकारी) काठमाडौँ, ५ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो […]


‘किराँत साझा धर्म’

इलाम, ५ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले किराँत धर्म सबैको साझा धर्म भएकाले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताउनुभएको छ । बाँझोस्थित माङसेबुङमा किराँतीको चाड खिवेक्वा याक्वा सेवाको आज उद्घाटन गर्दै उहाँले प्रकृतिपूजक किराँतीको छुट्टै संस्कृति र पहिचान भएकाले यसको संरक्षण र विकासमा राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो । खिवेक्वायक्वा सेवा कार्यक्रमअन्तर्गत आज […]


बिजी सप्ताहन्तको निजि अनुभव: सत्य घटना र काल्पनिक पात्र

सप्ताहन्तका दिनहरु  सामान्यतया ब्यस्त हुन्छन । कुनै न कुनै कार्यक्रम भएकै हुन्छन । डालसमा नेपालीहरुको संख्या बढे संगै संघ संस्थाहरु पनि बढेका छन् र उनीहरुका गतिबिधि पनि बाक्लिंदै गएको अबस्थामा सप्ताहन्तहरु व्यस्त भएर नै बित्छन । व्यक्तिगत रुपमा पनि नेपालीहरुले बिभिन्न खाले सामाजिक र धार्मिक क्रियाकलाप गर्ने हुँदा व्यस्तता स्वाभाविक छ । हप्ता भरि काममा […]


छब्बीस सांसदद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार र युरोपमा ट्रम्पको आलोचना

वासिङ्गटन, ४ माघ । आगामी शुक्रबार सम्पन्न हुन गै रहेको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले बहिस्कार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका (संसद)लाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907