संगीतकर्मी कल्याणकारी कोषमा गीतकारहरु शुनिल र रिन्जीद्धारा २० हजार सहयोग : गीतकार नारायण गौतम द्धारा २० हजार घोषणा

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार रिन्जी सागर राई र गीतकार शुनिल उप्रेतीले सहयोग गर्नु भएको छ । गीतकार रिन्जी सागर राईले पुर्व प्रतिबद्धता अनुसार १५ हजार ५ को चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो । 15910155_10211977989795101_643180224_nत्यसैगरी बिहिबार संगीत रोयल्टी संकलन समाज नेपालमा आयोजीत एक कार्यक्रममा गीतकार शुनिल उप्रेतीले नगद ५ हजार हस्तान्तरण गर्नु भएको हो । गीतकार राई र उप्रेतीले यो सहयोग आफूले आफ्नै लागि गरेको प्रतिकृया दिदै सबै गीतकारहरु लाई यो अभियानमा जोडिन आग्रह गर्नु भएको छ ।15935603_10211977989035082_1399115701_n यसैगरी आजै हेटौडा बसामडी घर भै हाल अमेरिका बस्ने गीतकार नारायण गौतमले कोषमा २० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । गीतकार गौतमले यस प्रकारको स्रष्टाको हित हुने अभियानमा आफनो सधै साथ र समर्थन हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट सहयोग गर्न पाएकोमा उहाँहरुले खुसी ब्यक्त गर्नु भएको छ ।15909532_1569759443051073_1977808744_n
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । भने यो महिना ५ लाख थपहुन सक्ने अनुमान गरिएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907