फागुन २३, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ । वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले गृहकार्य कार्यदल गठन गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका […]
अहिले यतिबेला नेपालामा रबिन्द्र मिश्रले बीबीसी जस्तो प्रतिष्ठित सञ्चारमाध्यमबाट राजीनामा दिएर, नेपालजस्तो गरिब देशमा राजनीति गर्न हाम्फाल्ने निर्णय गरेको कुराले निकै चर्चा परिचर्चा पायको छ । उनले मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य बिमासहितको आकर्षक जागिर छाडेर नयाँ पार्टी खोल्ने निर्णय गरे । बीबीसीको नियम अनुसार उनले ६५ वर्षको उमेरसम्म काम गर्न […]
प्रवासीहरुको लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्थामा द्रुतगतिमा सुधार गर्दै विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुने अवस्थामा पुग्न लागेका छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको वातावरण बनाउने तर्फ विभिन्न पहल भएता पनि खासै सफलता प्राप्त हुन सकेको छैन । नेपालीहरू बिदेशिने र व्यापार व्यवसाय गरी स्थापित हुने […]
डालस, मार्च ५, आइतबार। नेपालका चाडबाड र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने एबम नेपाली नेपाली बीच प्रबासमा भाइचारा कायम गर्ने उद्देस्यले २००९ मा गठित इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ भब्य रुपमा होली सम्पन्न गरेको छ। वास्तविक होलीको तिथि आउन एक हप्ता बाँकी रहे पनि बिभिन्न प्राबिधिक समस्या र अन्य संस्थाहरुसंगका समन्वय गर्नु पर्ने बाध्यताका कारण […]
काठमाडौँ, २२ फागुन । सरकारले स्थानीय तहको सङ्ख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो । आयोगले स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरेको थियो । मन्त्रिपरिषद्को आजको उक्त […]
डालस, मार्च ४, शनिबार। स्वास प्रस्वास र रगत हामी जीवित रहनको लागि आबस्यक पर्ने सबभन्दा महत्वपूर्ण तत्वहरु हुन्। स्वास प्रस्वासमा हाम्रो कुनै नियन्त्रण छैन। रगतमा भने हाम्रो अलिकति नियन्त्रण छ। रगतको अभाव भएका मान्छेहरुलाई अर्को मान्छेको रगत दिन सकिन्छ। त्यसबाट उक्त मान्छेको ज्यान बच्छ। यसलाई रक्तदान भनिन्छ। अहिले संसारमा हरेक दिन करोडौं युनिट रगतको आबस्यकता […]
दमक (झापा), २१ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताउनुभएको छ । संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको […]
सिड्नी, २० फागुन । अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ । बिरालोले छाउरा […]
डालस, फेब्रुअरी २, बिहिबार । अमेरिकामा रहेका नेपालीहरुको रक्तदान गर्नेहरुको संगठन “अमेरिकाका रक्तदाताहरु” ले आउँदो शनिबार टेक्सासमा गठन भएको च्याप्टरको पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । “रगत दान द्वारा समाजसम्म घुलमिल” नारा साथ गठन भएको “अमेरिकी रक्तदाताहरु” को यो संगठनको यो कार्यक्रम नेपालीहरुको आस्थाको केन्द्र श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा रहेको सभा हलमा […]
डालस, मार्च १, २०१७। नेपालीहरुको एक रंगिन र रमाइलो चाड होली आउनु भन्दा एक हप्ता अघि नै अमेरिकामा होली मनाइने भएको छ। डालसमा लामो समय देखि संस्कृतिको संरक्षण गर्दै आएको नेपालीहरुको संस्था इन्द्रेणी सांस्कृतिक संघले आउँदो आइतबार अर्थात् मार्च ५ गते होलीको अवसर पारेर होली बिशेष कार्यक्रम गर्ने भएको छ। होली आउन एक हप्ता बाँकी […]