कञ्चनपुर, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए […]
डालस, मार्च १० । अघिल्लो बर्ष अर्थात् २०१६ मा नेपालीहरुको एउटा संस्था जन्म्यो अमेरिकामा युनाइटेड नेपाली संघ अर्थात् युएनए। थुप्रै संस्थाहरुको बिचमा फेरी अर्को संस्था जन्मिदा त्यति ठुलो कुरा नभए पनि युएनएले भने अलि ठुलै ज्वारभाटा नेपाली समुदायमा ल्याउन सफल भयो। युबाहरुलाइ सहभागी गराउने र युबाहरुबाटै कार्यक्रम संचालन गर्ने फरक शैली युएनएले अपनायो। लस एञ्जलसमा […]
अहिले अमेरिकामा एनआरएन अमेरिकाको निकै चर्चा छ । सदस्य बन्ने र बनाउने होडबाजी छ । बिभिन्न खाले प्रवृतिका मान्छेहरु मैदानमा उत्रिएका छन् । अघिल्लो चुनाब जितेर पनि राम्रो नतिजा दिन नसकेका देखि पराजित हुँदा पराजय स्वीकार गर्न गाह्रो मान्नेहरु मैदानमा खुलेर उत्रिएका छन् । यहि तरंग र तरलताबीच डालस क्षेत्रमा लामो समय सामाजिक सेवामा सक्रिय […]
मार्च ९, डालस । स्वयंसेवा, दान र संलग्नता भन्ने तीन मूल मन्त्रका साथ स्थापना भएको बिशुद्द समाजसेवी संस्था अनकन (UNCON )ले आफ्नो स्थापनाको दिवस यहि आउँदो शनिबार अर्थात् मार्च ११ मा बिभिन्न कार्यक्रमहरु गरी भब्य रुपमा मनाउने भएको छ । संस्था द्वारा प्रकाशित सूचना अनुसार उक्त कार्यक्रम प्लेनो स्थित ओक पोइन्ट पार्कमा सम्पन्न हुनेछ । […]
काठमाडौँ, २६ फागुन । नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत स्थानीय आनन्द बजारमा भारतीय पक्षले चलाएको गोली लागी गोविन्द गौतमको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै भन्नुभएको छ, “नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीबीच गत फागुन […]
चितवन, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताउनुभएको छ । जिल्ला विकास समिति महासङ्घ नेपालले यहाँ आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको […]
काठमाडौँ, २५ फागुन । सोमबार सप्तरीमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), सरकारमा सहभागी नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकमा सप्तरी घटनापछिको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले […]
काठमाडौँ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘परिवर्तनका लागि पदयात्रा’ नारासहित आज ललितपुरमा पदयात्रा गरियो । नेपाल वातावरण पत्रकार समूह (नेवापस), फ्रिडम फोरम, रेस्टलेस, एन्टेना फाउन्डेसन, सिविनलगायत सामाजिक सङ्घसंस्थाको पहलमा आयोजित सो पदयात्रामा मुख्यरुपमा पुरुषहरुको सहभागिता थियो । ‘महिलाका लागि पुरुष’ लेखिएका प्लेकार्डसहित जाउलाखेलबाट सुरु भएको सो पदयात्रा मानभवन, कुमारीपाटी, लगनखेल हुँदै पाटन मङ्गलबजारमा […]
काठमाडौँ, २४ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति निकाल्दै झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन […]
पथरी (मोरङ), २४ फागुन । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ । भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो । […]