प्रबास

गौरी जोशी द्वारा मुद्धा फिर्ता : निर्बाचनको लागि बाटो खुला

अगस्त २२, अमेरिका । आफुलाई अध्यक्ष पदमा उम्मेदवार हुन बन्चित गरिए पछि टेनेसी अदालतमा एनआरएन अमेरिका बिरुद्ध मुद्धा हालेका टेक्सास निवासी आइटी ब्यबसायी तथा समाजसेवी गौरी राज जोशीले मुद्धा फिर्ता लिएका छन् । अदालत नजाने आफ्नो पुरानो अडान अन्तिम आएर परिबर्तन गरेका जोशी आफ्नै टीम भित्रको चर्को दबाव थेग्न नसकी अदालत पुगेका थिए । अहिले […]


इन्द्रेणी सांस्कृतिक संघद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

अगस्त १९, डालस । नेपाली नारीहरुको बिशेष चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर यसको चहलपहल शुरु भएको हप्तौं भैसैकेको छ । बिशेष गरी बिदेशमा चाडबाड मनाउन पनि सप्ताहान्त अर्थात् सनिबार वा आइतबार कुर्नु पर्ने हुनाले तीज अझ पहिले देखि शुरु हुन्छ। बिभिन्न संघ संस्थाहरुले आफ्नै आयोजनामा यस्ता चाडबाड आयोजना गर्ने हुनाले […]


डालसमा नेवारी बुद्धिस्ट समुदायको पंचदान चाड सम्पन्न

डालस, अगस्त १९ । दान गर्नु धर्म हो, यो कुरा सबैलाई थाहा छ तर दान गर्न गाह्रो कुरा पनि हो । आफ्नो लागी मात्र बाँच्ने र आफ्नो लागी मात्र सोंच्ने अहिलेको जमानामा अर्कालाई दिनु सहज होइन । दान गर्न ठुलो मन चाहिन्छ । हाम्रो धर्मले जहिले पनि दानलाइ एउटा धर्मको खम्बाको रुपमा मानेको छ । […]


नेपाली समाज टेक्सासले बाढीपिडित सहयोगार्थ २० अगस्तमा गाला डिनर गर्ने

डालस, अगस्त १७। नेपाली समाज टेक्सास प्रबाशमा रहेका नेपाली संघ संस्थाहरु मध्ये सबभन्दा सक्रिय संस्था हो। डालसको वरपर रहेका नेपालीहरुको भैपरी आउँदाको साथी हो यो संस्था। दैबी प्रकोप र समस्या पर्दाको पनि साथी हो नेपाली समाज टेक्सास। त्यसो त यसले आफ्नो कार्यक्षेत्र डालस मात्र मान्दैन। मर्दा पर्दा अमेरिकाभरि मात्र होइन नेपालमा पनि यसले आफ्नो सहयोगको […]


इन्द्रेणी सांस्कृतिक संघले तीज बिशेष कार्यक्रम अगस्त १९ मा गर्दै

अगस्त १६, डालस, टेक्सास । नेपाली महिलाहरुको ठुलो चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर तीजको रौनक स्वदेश र बिदेशमा शुरु भैसकेको छ । अमेरिकाका बिभिन्न शहरहरुमा तीजको बरीलै तिब्र रुपमा जारी छ । नाचगानका तस्विरहरु सामाजिक संजालमा छरपस्ट देखिन्छन । टेक्सासको डालसमा पनि तीज मनाउने काम जारी छ । आगामी हप्ता […]


नेपाली समाज टेक्सासले बाढीपिडितको लागी सहयोग संकलन गर्दै: तीजको कार्यक्रम पनि सम्पन्न

डालस, अगस्त १३। नेपाली समाज टेक्सासको आयोजनामा हिजो दुइवटा बिशेष कार्यक्रम सम्पन्न भए। दिउसो नेपालमा गएको बिनासकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिको बारेमा आकस्मिक बैठक भयो। समाजका अन्य अगुवाहरुको समेत उपस्थितिमा सम्पन्न उक्त बैठकले आर्थिक र अन्य खाले सहयोग जुटाउने, अर्थ संकलनको लागि गोफंड स्थापना गर्ने लगायतका निर्णयहरु गर्यो। अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न […]


डाक्टर केसीको समर्थनमा डालसमा प्रदर्शन

अगस्त १२, डालस, टेक्सास। आज यहाँ नेपालमा अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा र उहाँको जीवन रक्षाको माग गर्दै एक प्रदर्शन गरिएको छ। नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा डालस वरपरका स्थानीय समाजसेवी एबम सर्बसाधारणको ठुलो उपस्थिति थियो। गोविन्द केसी बचाउ अभियान नै संचालन गरेका पत्रकार तथा समाजसेवी सुरेश पोखरेलको अगुवाइमा उक्त कार्यक्रम […]


एनआरएनको भविस्यको लागि जुनसुकै बलिदान गर्न तयार छु: गौरी राज जोशी

एनआरएन अमेरिकाको निर्बाचन स्थगित भएको छ तर यसको स्थगनमा देखिएका दृश्यहरु र त्यसका अवशेषहरु स्थगित भएका छैनन्। बिशेष गरी निर्बाचनमा अध्यक्ष पदमा उठ्न नपाउने निर्णय निर्बाचन समितिले गरेपछि गौरी जोशीको समूह अदालत पुगेको थियो। फलस्वरूप अदालतले निर्बाचन स्थगित गरी कानुनसम्मत रुपमा निर्बाचन गर्न निर्बाचन समिति र कार्यसमितिलाई निर्देशन दिएको थियो। अदालत धाउने गौरी जोशीको निर्णय […]


एनआरएन अमेरिकाको चुनाव स्थगन: कुकुर ब्याए पनि तुहिए पनि उस्तै

अन्तत: एनआरएन अमेरिकाको चुनाव स्थगित भएको छ । चुनाव आउन तीन दिन बाँकी रहंदा गरिएको चुनाव स्थगनको निर्णयले सच्चा एनआरएनका मित्रहरुलाई चोट पुगेको छ भने क्षणिक आत्मरतिमा रमाउने जमातले यो अबस्थामा पनि त्यो मनाउदै गर्ला । तर यो समग्र प्रक्रियामा दुवै तर्फबाट भए गरेका गतिबिधिहरु बिशेष गरी यो प्रक्रियाको बिरुद्धमा अदालत गइएको भन्ने हल्लाले धेरैलाई […]


डालसमा एनआरएनका अध्यक्ष पदका प्रत्याशी बीच बहस सम्पन्न

डालस, अगस्त ५ । एनआरएन अमेरिकाको आगामी कार्यकालको लागि निर्बाचन आउन एक हप्ता भन्दा कम छ । उम्मेदवारहरु मतदाताहरुसंग अन्तरक्रियामा व्यस्त छन् । कोहि न्यु योर्क त कोहि क्यालिफोर्नियामा समुदाय संग भेटघाट गरिरहेका छन् । यसै बीच अध्यक्ष पदका तीन जना उम्मेदवारहरु डालसमा जम्मा भएर आफ्ना कुराहरु व्यक्त गरे । वर्तमान अध्यक्ष डाक्टर केशब पौडेल, […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907