डालसमा नेवारी बुद्धिस्ट समुदायको पंचदान चाड सम्पन्न

डालस, अगस्त १९ । दान गर्नु धर्म हो, यो कुरा सबैलाई थाहा छ तर दान गर्न गाह्रो कुरा पनि हो । आफ्नो लागी मात्र बाँच्ने र आफ्नो लागी मात्र सोंच्ने अहिलेको जमानामा अर्कालाई दिनु सहज होइन । दान गर्न ठुलो मन चाहिन्छ । हाम्रो धर्मले जहिले पनि दानलाइ एउटा धर्मको खम्बाको रुपमा मानेको छ । बुद्ध धर्ममा गरिने ८ सुकर्म मध्ये दान एक नम्बरमा पर्छ । यहि दान गर्न आफ्ना साना नानिबबुहरुलाई सिकाउन डालसको नेपाली मन्दिरमा पंचदान कार्यक्रम सम्पन्न गरियो । संस्कृतिको धनी नेवारी समुदायको पनि बज्राचार्य, शाक्य, महर्जन र तुलाधर लगायत अन्य केहिले बिशेष गरी काठमाडौँ र काठमाडौँ वरिपरिका शहरमा यो संस्कृतिलाई लामो समय देखि पालन गर्दै आएका छन् । सोहि संस्कृतिलाई अमेरिकामा समेत निरन्तरता दिन यहाँ उक्त कार्यक्रम गरियो ।

नेवारी बुद्धिस्ट समाजको आयोजना तथा महेन्द्र मानन्धरको नेतृत्वमा यो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अन्य संयोजन शैलेन्द्र मानन्धर, मकर बज्राचार्य, स्वयम्भु शाक्य तथा प्रमेश श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा डालस वरपर रहेका नेवार बुद्धिस्ट समुदायका धेरै परिवारहरुको उपस्थिति थियो । उक्त अबसरमा गुरुहरुले यो दानको प्रचलनको कारण र त्यसको अहिलेको समयमा रहेको महत्व उल्लेख गर्दै अरुलाई दिने जस्तो पुण्यको काम अर्को पुस्तामा हस्तान्तरण गर्नु यस्ता कार्यक्रमहरुको मुख्य उद्देश्य रहेको उल्लेख गर्नु भएको थियो । बुद्ध धर्मको मुख्य लक्ष शान्ति र मोक्ष रहेकोले दान र समर्पणबाट यो लक्ष प्राप्ति हुन सक्ने कुरा उल्लेख गर्नु भएको थियो । पंचदान भन्नाले धान, चामल, नुन, दाल र पैसा पर्छन ।

अहिले समय अनुसार यो चलनमा केहि परिबर्तन पनि आएको छ । दान अहिले पुजारीहरुलाई दिने गरिन्छ भने पंचदान भनिए पनि आबस्यक सबै बस्तुहरु दिने गरिन्छ । कतिपय जोगीको रुपमा आफ्ना यजमानहरुको घरमा जाने चलन पनि छ । दान गर्नेहरुको जानेर वा नजानेर गरिएको पाप नस्ट हुन्छ भन्ने विश्वास यो समुदायमा पाइन्छ । यसको शुरवात कहिलेबाट भयो भन्ने यकिन तथ्यांक नभए पनि राजा सर्बानन्दको पालामा शुरु भएको विश्वास गरिन्छ ।
कथा अनुसार राजा सर्बानन्दले बुद्धलाई खानाको लागी निम्तो गरे । बुद्धले बाटोमा एकजना बृद्ध महिला भेट्नु भयो । ती बृद्धाले बुद्धलाई आफ्नो घरमा खाना खान आग्रह गरिन । बुद्धले उक्त कुरा स्वीकार गर्नु भयो । बृद्धाको घरमा खाना खाएर राजाकोमा निम्तो मान्न जाँदा ढिला भैसकेको थियो । त्यो देखेर राजा रिसाए । बुद्धले राजाले दिएको खाना उनले आफैले कमाएको नभएकोले खान नसक्ने कुरा बताउनु भयो । यो खाना राज्यको करबाट किनिएको जुन आम मानिसहरुसंग जबर्जस्ति संकलन गरिएको हुनसक्ने तर्क राख्नु भयो । त्यसबाट खिन्न भएका राजा आफै काम गर्न गए । आफ्नै हातले कमाएको पैसाले किनेको कुरा बुद्धलाई दान गरे । त्यसै दिनदेखि यो चलन शुरु भएको किम्बदन्ती छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907