एनआरएन अमेरिकाको चुनाव स्थगन: कुकुर ब्याए पनि तुहिए पनि उस्तै

अन्तत: एनआरएन अमेरिकाको चुनाव स्थगित भएको छ । चुनाव आउन तीन दिन बाँकी रहंदा गरिएको चुनाव स्थगनको निर्णयले सच्चा एनआरएनका मित्रहरुलाई चोट पुगेको छ भने क्षणिक आत्मरतिमा रमाउने जमातले यो अबस्थामा पनि त्यो मनाउदै गर्ला । तर यो समग्र प्रक्रियामा दुवै तर्फबाट भए गरेका गतिबिधिहरु बिशेष गरी यो प्रक्रियाको बिरुद्धमा अदालत गइएको भन्ने हल्लाले धेरैलाई चिन्तित बनाएको छ । चुनावको स्थगन संगै अब के होला भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । सामाजिक संजालमा देखिएको गालीगलोज र तिब्र अतिरन्जित ध्रुविकरणले समाजलाई विभाजित गरेको छ ।
अब के होला ?
गौरी जोशी समुहले साम, दाम, दण्ड, भेद प्रयोग गरी निर्बाचन पर सार्न सफल भएपछी डाक्टर केशव पौडेल समूह रुस्ट हुने अनुमान गर्न गाह्रो छैन । अहिले सम्म चुनावी नारा र अन्य कुराहरुका कारण विभाजित अन्य खेलाडीहरु पनि निर्बाचन नहुने भए पछि यो लडाईमा सामेल हुनेछन । यो ध्रुविकरणमा क्षेत्रिय संयोजक सोनाम लामा, एसी शेर्पा, केशव पौडेल र निर्बाचन समिति समेत एकातिर हुनसक्ने देखिन्छ । अदालत गएको कारणले गौरी जोशीलाइ एकातर्फ संगठनको आन्तरिक मामिला अदालतमा पुर्याएको भनेर आक्रमण गरिनेछ । साथै चुनाव स्थगित भए पछि बाध्यकारी अबस्थामा बाहेक केशव पौडेल समूह चुनावनै नगरी बस्ने सम्भावना उत्तिकै छ । चुनाव गर्न बाध्य भैहाले पनि आफुलाई अनुकुल नहुने अबस्थामा उनले चुनाव गर्ने छैनन् । यसले चुनाव तत्कालै हुन नसक्ने सम्भावना देखिन्छ ।


अर्को तर्फ आन्तरिक रुपमा न्याय मिल्ने प्रशस्त अवसर हुँदा हुँदै र हुँदै नहुँदा पनि भविस्य उज्ज्वल हुँदा हुँदै अदालत जानु गौरी जोशी समुहको गम्भीर भुल हो । गौरी जोशी पनि यसमा तयार थिएनन । थुप्रै अबसरमा आफु कुनै हालतमा अदालत नजाने बचनबद्धता दोहोर्याएका जोशी केहि संकीर्ण व्यक्तिहरुको गलत प्रभावमा परी अदालतको ढोका सम्म पुगेका छन् । यसले जोशीको एनआरएनको यात्रा समाप्त प्राय हुनसक्ने देखिन्छ । एनआरएन अमेरिका हाँक्ने र भोलि आइसीसी सम्म पुग्न सक्ने छवि र चर्चा कमाएका जोशी यस्तो आत्मघाती निर्णयमा किन पुगे भन्ने कुरा अहिलेको चर्चाको बिषय हो । यसले क्षणिक रुपमा त उनलाई बदला लिएकोमा सुखद अनुभूति त होला तर भबिस्यको एनआरएन यात्राको बाटो भने दुरुह बनाइदिएको छ ।

अर्कोतर्फ केशव पौडेलको नेतृत्व पनि असफल सावित भएको छ । केहि महिना सम्म टेनीसी कोर्टमा धाउँदै गरेका पौडेल फेरी टेनीसी पुगेका छन् । आफ्नै सहकर्मिद्वारा बिरुद्धमा उम्मेद्वारी दिएर उनको नेतृत्वलाइ चुनौती दिइसकेको अबस्थामा उनको कार्यकालमा भए गरेका कामहरुको संगै बसेर काम गरेका साथीहरुले चर्को आलोचना गरेका छन् । गुटबन्दी गरेको, अति राजनीतिकरण गरेको, संगठनमा सामुहिक नेतृत्वको धारणालाइ लत्याएको जस्ता आरोप उनीमाथि उनकै सहकर्मीहरुले लगाएका छन् । एनआरएन र अमेरिकाको नेपाली समाज यति ध्रुविकरण हुँदा पनि त्यसलाई गम्भीर रुपमा नलिनु, निर्बाचन प्रक्रियामा अनाबस्यक हस्तक्षेप हुने बाताबरण निर्माण गर्नु र अन्तत्वगत्वा निर्बाचन समयमा सम्पन्न गर्न नसक्नु मात्र होइन अदालतमा संस्थालाई पुर्याउन कारकको रुपमा रहनु उनका असफलताका ज्वलन्त उदाहरणहरु हुन् ।


अमेरिकामा गरिखाने नेपालीहरुलाई यसको असर के पर्ला ?
दुनियाँलाइ थाहा छ यो जुँगाको लडाई हो । यो लडाइमा जसले जिते पनि वा हारे पनि आम नेपालीहरुलाई यसले रौँ जति पनि असर गर्दैन । काले आए पनि गोरे आए पनि दुख गरी खाने नेपालीहरुको समस्या यिनीहरुले टार्ने होइनन । यो अबस्थामा आइपुगेको लडाईमा एउटा पक्षले अर्को पक्षको बिरुद्धमा पक्कै जेहाद छेड्नेछन् । यो लडाई लम्बिदै गर्दा फाइदा हुने भनेको केहि सिमित व्यक्तिहरु हुन् जसले पैसा वा अन्य प्रभावमा परी उम्मेदवारहरुलाई उचाल्ने गर्छन । उनीहरुको दानापानीको गर्जो भने अरु केहि दिनको लागि टर्नेछ । हामी जस्ता नेपालीहरु जो आफ्नो र परिवारको भविस्यको लागि संघर्ष गरिरहेका र एनआरएन जस्तो संस्थाबाट केहि आधार पाउँला भन्नेहरुको लागि भने यो लडाईले कुनै अर्थ राख्दैन । आफ्नो क्षणिक स्वार्थ पूर्तिको लागि गरिने यी चलखेल प्रति कुनै स्तरको पनि चासो आम जनताहरुमा देखिँदैन । चुनाव भएको भए पनि यो कौवालाइ बेल पाके सरह हुने थियो भने चुनाव नहुँदा पनि कुकुर ब्याउनु र तुहिनु केहि फरक नभए जस्तै हो । तर दुवै तर्फका हनुमानहरुको सामाजिक संजालमा चुरीफुरी र गाँड कोराकोर हेरेर भने सबैले मनोरंजन प्राप्त गर्ने नै छन् ।

Election-Postpone-Notice (1)

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907