Archive for: February, 2017

लहरो तान्दा पहरो थर्किने :ट्रंप प्रशासन अरु फस्ने खतरा

फेब्रुअरी १४, वाशिंटन डिसी । सोमबार मात्र रास्ट्रपति ट्रंपका सुरक्षा सल्लाहकारले रसियन राजदुत संग कुरा गरेको र उक्त कुराकानीमा के कुरा भएको थियो भनेर ढांटे पछि राजिनामा दिन बाध्य भएका थिए । त्यसको २४ घण्टा नबित्दै न्यु योर्क टाइम्सले फेरी अर्को सनसनीपूर्ण समाचार प्रकाशन गरेको छ । आज अमेरिकाको पुर्बी तटको समय अनुसार साढे नौ […]


एनआरएन पैसावालाहरुको रिटायर्ड हुने संस्था हुनु हुन्न

यतिबेला अमेरिकामा रहेका नेपालीहरु जुन महिनामा हुन लागेको एनआरएन अमेरिकाको चुनावको माहोलमा छन् । उम्मेदवारीको लर्को संगै सदस्यताको लागि आबेदन पनि खुलेको छ । उम्मेदवारहरु आफ्ना सामाजिक संजालका मंचहरुमा सदस्यता लिनको लागि आग्रह गरिरहेका छन् । करिब साढे दुइ लाख नेपालीहरु भएको अमेरिकामा गत निर्बाचनमा १० हजार सदस्य बनेका थिए । त्यसमध्य कतिपय सदस्यताको लागि […]


नेपालको संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना: मन्त्री डा महत

काठमाडौँ, ३ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताउनुभएको छ । बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा आज ब्रसेल्समा आयोजित ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रुपान्तरण’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो– “नेपालले शान्तिवार्ताबाट द्वन्द्वको समाधान गरी संविधान सभाबाटै निर्माण गरेको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै […]


धक्का नम्बर चार : ट्रंपका सुरक्षा सल्लाहकार माइकल फ्लिन राजिनामा गर्न बाध्य

फेब्रुअरी १३, वाशिंगटन डिसी। ३ हप्ता अघि मात्र सपथ लिएका रास्ट्रपति डोनाल्ड ट्रंपका सुरक्षा सल्लाहकार माइकल फ्लिनले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनि र रसियाका राजदुत संगको टेलिफोन बार्ताको बारेमा प्रश्न उठे पछि विवाद शुरु भएको थियो। विवाद आए पछि पनि उनले बास्तविकता लुकाएर रास्ट्रपति र उपरास्ट्रपतिलाइ समेत झुठो विवरण पेश गरेका थिए। यसबारेमा केहि […]


क्यालिफोर्नियाको ओरोभिल बाँध भत्किने खतरा: करिब दुइलाख बासिन्दालाई आकस्मिक उद्धार

फेब्रुअरी १३, क्यालिफोर्निया, अमेरिका । क्यालिफोर्नियाको ओरोभिल सहरस्थित ओरोभिल बाँधबाट पानी पोखिएर हज्जारौं बासिन्दा प्रभावित भएका छन् । अमेरिकाको सबभन्दा अग्लो स्थानमा रहेको उक्त बाँधले क्यालिफोर्निया राज्यको दोश्रो ठुलो मानब निर्मित तालको निर्माण गरेको छ । उक्त मानब निर्मित तालमा दुइवटा बढी भएको पानी बग्ने स्थान बनाइएको छ तर यति बेला यी दुबैमा समस्या देखिएको […]


शिकागोमा आइटी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिकागो फेब्रुअरी १३ सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीको आयोजनामा आज सन्स्थाको अफिस रहेको चर्च हलमा ३ छुट्टाछुट्टै विषयको अन्तर्कृया सम्पन्न भयो । सीप बिना अमेरिकामा राम्रो रोजगारी प्राप्त गर्न र सुबिधायुक्त जीवनयापन गर्न गाह्रो छ । डिभी परेर वा अन्य तरिकाबाट अमेरिका आएका नेपालीहरु धेरै जसो न्युनतम ज्यालामा काम गर्ने र बल्लबल्ल जीवन गुजारा गर्ने गरेका […]


पासाङको तिम्रो यादमा सार्वजनिक

गीतकार पासाङ तामाङको एकल रचना एवं संगीतकार मनीपाल राईको एकल संगीत रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै एल्बमको सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, संगीतकला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठा, म्यूजिक खबर […]


गीतकार युवराज अधिकारी को नयाँ गीत एक्लै एक्लै

जागिरे ब्यस्त जिवनका बिच समय निकालेर गीत कविता कोर्दै आएका कवि युवराज अधिकारी नयाँ गीति संग्रहको तयारीमा हुनुहुन्छ । यहिक्रममा पछिल्लो गीत एक्लै एक्लै को रेकर्ड भएको छ । सुरेश अधिकारीको संगीत महाराज थापाको संगीत संयोजन रहेको गीतमा अहिलेका चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । गीत मञ्जुश्री स्टुडियोमा रेकर्ड गएिको हो । अधिकारीका […]


ईयूद्वारा उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको आलोचना

ब्रसेल्स, १ फागुन । युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि ईयूका लागि अस्वीकार्य भएको जनाएको छ । ईयूले लगातार रुपमा उत्तर कोरियाले गरेका हतियार परीक्षण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को हतियारसम्बन्धी सङ्कल्प प्रस्तावको अर्को उल्लङ्घनको घटना भएको बताएको छ । ईयूको कूटनीतिक मामिला हेर्ने बाह्य […]


सारङ्गी दिवस सम्पन्न, सारङ्गीवादक गन्धर्वलाई जंगबहादुर गन्धर्व संगीत सम्मान

 सारङ्गी सम्राट जंगबहादुर गन्धर्व संगीत प्रतिष्ठानले सारङ्गी दिवस मनाउँदै सारङ्गीवादक कृष्ण गन्धर्वलाई ‘जंगबहादुर गन्धर्व संगीत सम्मान–२०७३’ प्रदान गरिएको छ । दश हजार राशिसहित गन्धर्वलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । राजधानीको अनामनगरस्थिति विनायो क्याफेमा संगीतका हस्तीहरुका बीचमा भएको सारङ्गी दिवसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907