Archive for: February, 2017

चितवन विद्युत्भार कटौतीमुक्त

काठमाडौँ, २७ माघ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा आजदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिनुभयो । उहाँले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]


‘माध्यमिक शिक्षा परीक्षाः विद्यार्थीका लागि अतिरिक्त कक्षा फलदायी’

(राजु विश्वकर्मा) लहान, २७ माघ । माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तयारीमा रहेकी अञ्जनीकुमारी ठाकुर अचेल बिहान ६ नबज्दै विद्यालय पुग्छिन् । केही दिनअघिसम्म बिहान घरायसी कामकाजमा आमाबुबालाई सघाउँदै आएकी ठाकुरलाई अचेल भने बिहान ६ नबज्दै विद्यालय पुग्न हतार हुन्छ । सप्तरीको भगवतपुरस्थित बुद्धिलाल मुनर माविमाकक्षा १० मा अध्ययनरत ठाकुर भन्छिन् – “यस वर्षको एसइइमा सहभागी हुने […]


सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ । आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सगुनले ‘ग’ […]


चर्चित गायक रामजी खाँण द्धारा संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग

चर्चित गायक रामजी खाँणले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गर्नु भएको छ । नेपाली लोक दोहोरीमा फरक फरक शैलीमा मिठा गीत गाउने खाँणले झण्डै ५ हजार गीतमा स्वर दिइसक्नु भएका गायक खाँणले संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको उहाँले बताउनु भएको […]


पाल्पाका साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

रामपुर (पाल्पा), २७ माघ । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक सहायक चुरामणि मरासिनीले बताउनुभयो । जिल्लाका १८ वटा स्रोतकेन्द्रमध्ये गाडाँकोट, रिङ्गनेरह […]


ट्विटर मार्फत ट्रंपले आफ्नो छोरीको ब्यबसायको पक्षमा वकालत गरे

आज फेरी ट्रंपले ट्विट गरे । अनाबस्यक, झुठ र क्षणिक आबेगमा उनले बिगत लामो समय देखि ट्विटरको प्रयोग गर्दै आएका छन् । अमेरिकी रास्ट्रपति भए पछि पनि उनले आफ्नो ट्विटर एकाउन्टको दुरुपयोग जारी राखेका छन् । आज उनले आफ्नी छोरी इभाङ्काको ब्यबशाय प्रबर्धन गर्न र इभाङ्काको ब्यबशायमा धक्का दिने कम्पनीको बिरुद्ध ट्विट गरेर एउटा रास्ट्रपतिको […]


चार अर्ब रुपैयाँ डुबाएर ‘रेड कर्नर नोटिस’मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

काठमाडौं-क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ। नेपाल प्रहरीको ‘रेड कर्नर नोटिस’ मा रहेका कार्कीलाई संघीय प्रहरी औपचारिक नभई अनौपचारिक रूपमा फिर्ता पठाउन सहमत भएको […]


प्रणय दिवस : ऐतिहासिक तथ्य देखि हुटर्सको रमाइलो अफरसम्म

आज भ्यालेन्टाइन अर्थात् प्रणय दिवस । माया साटासाट गर्ने पर्वको रुपमा क्रिस्चियन र रोमनहरुले यो दिन मनाउने गर्छन । तर अहिले यो दिन त्यतिमा मात्र सिमित छैन । संसारभर यो दिनलाई आफ्नो माया प्रकट गर्ने दिनको रुपमा मनाउने गरिन्छ । पहिलो पल्ट प्रस्ताव गर्न होस् वा असमझदारीका कारण धरापमा परेको सम्बन्धलाइ पुनर्जीवित गर्न होस्, भ्यालेन्टाइन डे […]


बिम्स्टेक शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा

काठमाडौँ, २५ माघ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ । आज सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको बैठकका छलफल तथा निर्णयका बारेमा जानकारी गराउँदै परराष्ट्र सचिव शङ्करदास बैरागीले २०१७ को अक्टोबर वा नोभेम्बरमा शिखर सम्मेलन गर्न […]


९ वर्षिया याङसु भन्छिन -मै नाचेको देखेर डाहा गरे गरुन अरुले (फोटो फिचर)

यसैपनि म हाँसेको सुहाउछ भन्छन मलाई देख्ने हरुले त्यसैपनि म नाँचेको सुहाउछ भन्छन छ मेरो कम्मर बारुले चौवन्दी चोली अनि बार हाते पटुकिले कम्मर बेरेर ढल्की ढल्की छमछम छमछम मै नाँचेको देखेर डाहा गरे गरुन अरुले । मंगलवार पुतली सडक स्थित मञ्जुश्री स्टुडियोमा ९ वर्षिया याङसु श्रेष्ठले यो गीत रेकर्ड गर्दा बाहिर बसेर गायन निर्देशन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907