लहान, २१ माघ । डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ गरेको हो […]
ट्रंपले रास्ट्रपतिको पदभार ग्रहण गरेको तीन हप्ता पनि पुगेको छैन । उनी राजनीतिक पृष्ठभूमिबाट नआएकोले राजनीतिमा जान्न पर्ने धेरै कुरा छन् । प्रशासन चलाउन धेरै कुरा सिक्नु पर्ने छन् । अति सम्बेदनशिलताको कारण विदेश नीति त झन् जटिल छ । महाशक्ति रास्ट्रको रुपमा अमेरिकाको धारणा र प्रतिक्रिया हरेक साना ठुला घटनामा अपेक्षा गरिन्छ । सानो […]
जनकपुरधाम, २० माघ । प्रहरीले डा सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पु¥याएको छ । उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यही माघ ५ गते लहानको सहिद चोकमा आयोजित कार्यक्रममा उनले गरेको भाषण राज्यविरुद्ध रहेको आशङ्का गरी अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका […]
हामीलाई बिदेशमा भाषाले सताउने गर्छ । कतिपय देशमा अंग्रेजी भाषाको समेत प्रयोग हुँदैन । तर जहाँ अंग्रेजीको प्रयोग हुन्छ, त्यसमा पनि हामी अलि कम्जोर हुन्छौं । अलि अलि जानेको अंग्रेजी पनि हामीलाई बोल्न अलि असजिलो महशुस गर्ने गर्छौं । पढेको कुरा पनि ब्यबहारमा प्रयोग गर्न गाह्रो मान्छौं । हामीलाई अप्ठेरो लाग्छ कि आफुले भनेको कुरा […]
त्रिशूली(नुवाकोट), १९ माघ । जिल्लाको एक मात्र संस्कृत विद्यालय सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माविले आज श्रीपञ्चमीका अवसरमा ९९ जनाको सामूहिक ब्रतबन्ध गराएको छ । विदुर –७ देवीघाटस्थित नीलकण्ठ धाममा गरिएको सामूहिक व्रतबन्ध थोरै शुल्कमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले बताउनुभयो । विसं २०५५ मा संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि विद्यालयलाई […]
सेलिब्रेटि मेनेजमेन्ट नेपालले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गरेको छ । सेलिब्रेटि मेनेजमेन्ट नेपालको आयोजनामा राजधानीमा सम्पन्न गायकद्वय निशान भट्टराई र सुरेश लामाको प्रस्तुती सहितको बिशेष सांगीतिक कार्यक्रमका बीच कोषलाई रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणी भक्तराज आचार्य, वरिष्ट गायक फत्तेमान तथा चर्चित गायक सत्य÷स्वरुप […]
जनवरी १४, २०१७ मा डालसमा एन आर एन अमेरिकाको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारण सभाको संयोजक एन आर एन अमेरिकाका उपाध्यक्ष राम पोख्रेल थिए । कार्यक्रम भब्य रुपमा सफल भएकोमा धन्यवाद दिंदै संयोजक राम पोख्रेलले एक बिज्ञप्ति मार्फत सबैलाई धन्यवाद व्यक्त गरेका छन् । बिज्ञप्ति जस्ताको तस्तै : गैर आवासिय […]
सियाटल, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ । यसै क्रममा, वासिङ्गटन राज्यका महान्याधिवक्ताले यस आदेश विरुद्ध […]
काठमाडौँ, १८ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले […]