ताजा अपडेट

एनआरएन अमेरिकाको चुनाव स्थगन: कुकुर ब्याए पनि तुहिए पनि उस्तै

अन्तत: एनआरएन अमेरिकाको चुनाव स्थगित भएको छ । चुनाव आउन तीन दिन बाँकी रहंदा गरिएको चुनाव स्थगनको निर्णयले सच्चा एनआरएनका मित्रहरुलाई चोट पुगेको छ भने क्षणिक आत्मरतिमा रमाउने जमातले यो अबस्थामा पनि त्यो मनाउदै गर्ला । तर यो समग्र प्रक्रियामा दुवै तर्फबाट भए गरेका गतिबिधिहरु बिशेष गरी यो प्रक्रियाको बिरुद्धमा अदालत गइएको भन्ने हल्लाले धेरैलाई […]


आइसिसिको सोनाम लामालाई पत्र: गौरी जोशी उम्मेदवार हुन योग्य छन्

अमेरिका, अगस्त ८। एनआरएन आइसीसीको अगस्त ७ मा बसेको बैठकले गौरी राज जोशीको सम्बन्धमा निर्णय गर्दै उनी एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार हुन पाउने निर्णय गरेको छ। महासचिव बद्रि केसीद्वारा क्षेत्रिय संयोजक सोनाम लामा र सह संयोजक एसी शेर्पाको नाममा पत्र पठाउँदै सो कुरा स्पस्ट पारेको हो। करिब दुइ हप्ता अघि मात्र आइसीसीले सो सम्बन्धमा […]


थानेश्वर गौतमले ल्याए गजल शैलीमा तीज गीत

गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन् । यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा । ‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ […]


डालसमा एनआरएनका अध्यक्ष पदका प्रत्याशी बीच बहस सम्पन्न

डालस, अगस्त ५ । एनआरएन अमेरिकाको आगामी कार्यकालको लागि निर्बाचन आउन एक हप्ता भन्दा कम छ । उम्मेदवारहरु मतदाताहरुसंग अन्तरक्रियामा व्यस्त छन् । कोहि न्यु योर्क त कोहि क्यालिफोर्नियामा समुदाय संग भेटघाट गरिरहेका छन् । यसै बीच अध्यक्ष पदका तीन जना उम्मेदवारहरु डालसमा जम्मा भएर आफ्ना कुराहरु व्यक्त गरे । वर्तमान अध्यक्ष डाक्टर केशब पौडेल, […]


भरतपुर महानगरपालिकामा रेणु दाहाल बिजयी

भरतपुर नगरपालिकामा रेणु दाहाल निर्बाचित भएकी छिन। नेकपा एमालेका देवी ज्ञवाली भन्दा जम्मा २३५ बढी भोट ल्याएर रेणु बिजयी भएकी हुन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह बिजयी भएकी छिन। लामो समयको अनिश्चितता पश्चात सर्बोच्च अदालतले पुन मतदानको पक्षमा फैसला गरेपछि हिजो मात्र बिबादित वडा नम्बर १९ मा पुन निर्बाचन गरिएको थियो। वडा नम्बर १९ […]


उम्मेदवार बन्न अयोग्य मानिएका गौरी जोशीद्वारा बिज्ञप्ति जारी: पछि नहट्ने संकेत

एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ को लागि हुन गैरहेको निर्बाचनमा उम्मेदवारहरुको अन्तिम तालिकामा आफ्नो नाम नपरे पछि गौरी जोशी समुह रुस्ट बनेको छ । आफु माथि निर्बाचन समितिले अन्याय गरेको भन्दै आफ्ना पुर्बनिर्धारित कार्यक्रम जारी राखेको जनाउंदै अन्तिम सम्म लड्ने र त्यसमा साथ दिन अनुरोध गरिएको छ । आइसीसीको निर्णय समेत नकुरी अचानक निर्णय गर्नु […]


डालसमा रबिना थापाको स्थानीयहरुसंग अन्तरक्रिया सम्पन्न

डालस, अगस्त ३। एनआरएन अमेरिकाको चुनाव हुने दिन नजिकिंदै गर्दा यसमा बिभिन्न पदका प्रत्याशीहरुको दौडधुप, भेटघाट र अन्तरक्रियात्मक कार्यक्रमहरु घनिभूत रुपमा चलेका छन्। त्यहि चुनावी अभियान अन्तर्गत डालसमा पनि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। स्थानीय टेम्टेसन रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष पदकी प्रत्याशी रबिना थापा सहभागी हुनु भयो। उपाध्यक्षका उम्मेदवार भुवन आचार्यको बिशेष पहल र […]


योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि उनी आयोगको सदस्य थिए। सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए। अष्टे्रलियको अष्टिे्रलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले […]


टेक्सासको डलासमा किम्फ हुदै

नेपालको मौलिक कथामा बनेका चर्चित डकुमेन्ट्रीहरुको महोत्सव पहिलो पटक टेक्सासको डलासमा यही अगष्टको ६ तारिख हुने भएको छ । काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म किम्फ हिमाल एसोसियसनको आयोजना तथा एभरेष्टटाइम्स, नेपाल अमेरिका पत्रकार संघ नेजा तथा नेपाली समाज टेक्सासको सहयोगमा हुन लागेको हो । डलासस्थित नेपाली आध्यात्मिक तथा सास्कृतिक केन्द्रको भवनमा हुन लागेको महोत्सवमा ५ विभिन्न […]


निर्बाचन समितिको निर्णय विधिसम्मत छ: बिस्व बराल, म अदालत जान्छु: गौरी राज जोशी

एनआरएन अमेरिकाको निर्बाचनको लागि उम्मेदवारहरुको नामावली हिजो प्रकाशित भयो। सुचिमा एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ लागि प्रत्याशी बनेका गौरी राज जोशीको नाम नपरे पछि बिभिन्न खालका अभिव्यक्तिहरुले सामाजिक संजाल र संचारमाध्यम तातेका छन्। जोशी समूह अदालत जाने धम्की दिएको छ भने अर्को समूह बिजयको मूडमा देखिन्छ। आम एनआरएनहरुलाई खासै चासो नभएको यो बिबादमा आर्थिक वा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907