काठमाडौँ, २१ असोज ः भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गर्नुभएको छ । यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उहाँले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गर्नुभएको उहाँकी श्रीमती पारु केसीले जानकारी दिनुभयो । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उहाँको सोच […]
काठमाडौँ, २० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न संघ र प्रदेशको […]
कैलाली, असोज १८– माग अनुसारको आपुर्ती हुन नसकेपछि सुदुरपश्चिममा पेट्रोलको चरम अभाव भएको छ। दसैँको तीन दिनअघिदेिख नै पेट्रोल पाउन छोडेपछि उपभोक्ताहरु मर्कामा परेका छन । बजारमा डिजलको अभाव नभए पनि पेट्रोलको चरम अभाव हुँदा चाडपर्वका बेला सर्वसाधरणहरुले निकै सास्ती खेप्नुपरेको छ । नियमित रुपमा भारतले उपलब्ध गराउँदै आएको पेट्रोल दसैँसँगै रोकिएपछि कैलालीसहित सुदूरपश्चिम क्षेत्रमा […]
केशव रेग्मी प्लनो टेक्सास अमेरिकाको टेक्सासमा स्थापना भएको नेपाल जर्नीले नेपालमा सार्वजनिक अपाग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ टेक्सासको डाल्यस अर्विग स्तिथ हिल्टन होटेलमा गत सेप्टेम्वर २३ गते शनिवारका दिन आर्थिक सकलन अभियानका साथ नौलो तरिका बाट दोस्रो बार्षिक “गाला डिनर सांझ ” सम्पन्न गरेको छ । कार्यक्रम बाट २७ हजार ४० डलर सकलन […]
काठमाडौँ , असोज १७ । प्रमुख विपक्षी एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी समेत मिसिएको छ । राष्ट्रिय सभागृहमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ एकै मञ्चमा देखिए । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता […]
लस एन्जेलस,२ अक्टोबर ः अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरु ४०० जनाभन्दा बढी घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी […]
काठमाडौं, असोज १४ – टीकाको दिन शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्तो छ रुट सेनाले पहिलो रुट अन्तरगत भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, […]
काठमाडौँ, १३ असोज (रासस) ः आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको […]
११ असोज, काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले […]
मस्कट (ओमन), १० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ । देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटमा […]