भारतवाट आपुर्ति रोकिएपछि सुदूरपश्चिममा पेट्रोलको चरम अभाव
कैलाली, असोज १८– माग अनुसारको आपुर्ती हुन नसकेपछि सुदुरपश्चिममा पेट्रोलको चरम अभाव भएको छ।
दसैँको तीन दिनअघिदेिख नै पेट्रोल पाउन छोडेपछि उपभोक्ताहरु मर्कामा परेका छन । बजारमा डिजलको अभाव नभए पनि पेट्रोलको चरम अभाव हुँदा चाडपर्वका बेला सर्वसाधरणहरुले निकै सास्ती खेप्नुपरेको छ ।
नियमित रुपमा भारतले उपलब्ध गराउँदै आएको पेट्रोल दसैँसँगै रोकिएपछि कैलालीसहित सुदूरपश्चिम क्षेत्रमा अभाव भएको हो । यसले गर्दा चाडपर्व मनाउनेहरुसहित बिरामी र अत्यावश्यक कामले हिँडेकाहरु बीचबाटोमै अलपत्र पर्ने गरेका छन । नेपाल आयल निगम धनगढीले आवश्यकता अनुसार मौज्दात क्षमता नभएका कारण पेट्रोलको अभाव श्रृजना भएको जनाएको छ ।
धनगढी र अत्तरियाका पेट्रोल पम्पहरुमा एक सातादेखि तेल छैन भने केही पसलहरुमा कालोबजारी गरिरहेको उपभोक्ताहरुले वताएका छन । तेल अभावसँगै यसको कालोबजारी पनि सुरु भएको हो । मौज्दातको भण्डारण क्षमता कम हुँदा पेट्रोलको अभाव भईरहेको कुरा राम्रोसँग थाहा पाएका यहाँका उपभोक्ताहरुले नयाँ डिपो स्थापनाको काम रोकेको भन्दै आयल निगमप्रति कडा आपत्ती समेत जनाएका छन ।
धनगढीमा दसैँअघिदेखि नै पेट्रोलको अभाव भइरहेको छ । पेट्रोलको अभाव भएपछि कतिपयले आफ्ना सवारी साधनहरु घरमै धन्काएर पैदल हिड्नुपरेको छ भने कतिपयले बिचबाटोमै पेट्रोल सकिएपछि मोटरसाइकल डोर्याउँदै हिँडेन बाध्य छन् । नेपाल आयल निमय क्षेत्रीय कार्यालय धनगढीले पनि भण्डारण क्षमता कम भएकै कारण पेट्रोलको अभाव भएको जनाएको छ ।
आयल निगमले दसैँका लागि ७० हजार लिटर पेट्रोल मौज्दात राखे पनि चाडबाडका कारण माग अनुसारको आपुर्ती नभएको हो । आयल निगमसँग ७० हजार लिटर भन्दा बढी भण्डारण क्षमता नभएकोले अहिले हाहाकार भएको र बुधवार पेट्राल आइपुगीसकेकोले बिहिवार बिहानदेखी अभाव नहुने आयल निगमका निमित्त क्षेत्रिय प्रमुख शिवराज भण्डारीले बताउनुभयो ।
स्रोत : Ujyaalo online