ओली, प्रचण्ड र बाबुरामको अब एउटै पार्टी
काठमाडौँ , असोज १७ । प्रमुख विपक्षी एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी समेत मिसिएको छ ।
राष्ट्रिय सभागृहमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ एकै मञ्चमा देखिए ।
आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा एउटै एकिकृत पार्टी निर्माण गर्ने घोषणा गरिएको छ । माओवादी केन्द्रका नेता जनादर्शन शर्माले सहमतिपत्र प्रस्तुत गर्दै पार्टी एकता गर्ने घोषणा गरेका हुन् ।
यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो । सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।