अष्टिन टेक्सास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले शनिबार टेक्सासको अष्टिनमा एक कार्यक्रमको आयोजना गरि हेल्प डेस्कको उद्घाटन गरेको छ । अमेरिकामा रहेका नेपालीहरुका समस्या समाधान गर्ने उद्देश्यसहित एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल तथा उपाध्यक्ष एवम हेल्प डेस्क समिती संयोजक उमा कार्की थापाले संयुक्त रुपमा हेल्प डेस्क तथा हेल्प लाइन नम्बरको संचालनमा आएको घोषणा […]
काठमाडौँ । चीनको सिगात्से हुँदै केरुङबाट काठमाडौं ल्याइने रेल्वे योजनाबारे थप परामर्श र द्विपक्षीय बैठक बस्न नसक्दा योजना नै अनिर्णीत बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ रेल्वे विभागका पदाधिकारीबीच कात्तिक पहिलो साता काठमाडौंमा सम्पन्न रेल्वे योजना सम्भाव्यता छलफलमा पुस दोस्रो साताभित्रमा अर्को चरणको कुराकानी गर्ने निर्णय भएको थियो । तर, नेपाल […]
फेब्रुअरी १४, २०१८ फ्लोरिडाको स्थानीय समय अनुसार करिब साढे दुइ बजे दिउसो पार्कल्याण्ड सिटीस्थित स्टोनम्यान डग्लस हाइ स्कूलमा गोली चलन शुरु गर्यो। आगलागीको संकेत गर्ने अलार्म बजे पछि बिद्यार्थी र शिक्षकहरु बाहिर निस्किन खोजे। १९ बर्षीय सोहि स्कूलमा पढ्ने तर समस्याको कारक बनेपछि स्कुलबाट निष्काशन गरिएको निकोलस क्रुजले एआर-१५ नामक अत्यन्त शक्तिशाली हतियारबाट गोलीको वर्षा […]
काठमाडौँ, ५ फागुन ः नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु […]
विराटनगर, ४ फागुन ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुण र दोषका आधारमा वर्तमान सरकारलाई सहयोग गरिने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आजदेखि शुरु भएको ‘निर्वाचनपछिको सन्दर्भ र नेविसंघको भूमिका’ विषयमा प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रतिपक्षमा बस्ने जनादेश पाइएकाले प्रतिपक्षमा रहँदै सरकारका राम्रो कामको समर्थन […]
सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगितामा नेपाल समूह बीमा परेको छ । नामिवियामा भएकाे डिभिजन टू मा युएर्इसँग पराजित भएपनि विश्वकप छनाेटमा नेपालकाे समूह टुङ्गो लागेकाे हाे । जिम्बाबेको हरारेमा यसै महिना हुने प्रतियोगितामा नेपाल अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हङकङसँगै समूह बी मा परेको हो । नेपालले पहिलो खेल फागुन २० […]
काठमाडौँ, ३ फागुन ः सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो […]
काठमाडौँ, २ फागुन : आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम […]
गौर, रौतहट, २ फागुन ः वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । झडपमा परी नेपाल […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायिका अन्जु पन्तले २५ हजार सहयोग गरेकी छन । गयिका पन्तले राजधानीमा आयोजीत एक कार्यक्रममा अन्जु पन्त फाउण्डेशन मार्फत कोषमा रकम हस्तान्तरण गरेकी हुन । नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धन र स्रष्टा अधिकारका लागि क्रियाशिल संगीतकार संघ नेपाल र गीतकार संघ नेपाललाई यसअघि नै उनले २५/२५ […]