संगीतकर्मी कल्याणकारी कोषमा गायिका अन्जु पन्तको २५ र गीतकार धनवीर पुनको २० हजार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायिका अन्जु पन्तले २५ हजार सहयोग गरेकी छन ।
गयिका पन्तले राजधानीमा आयोजीत एक कार्यक्रममा अन्जु पन्त फाउण्डेशन मार्फत कोषमा रकम हस्तान्तरण गरेकी हुन ।
नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धन र स्रष्टा अधिकारका लागि क्रियाशिल संगीतकार संघ नेपाल र गीतकार संघ नेपाललाई यसअघि नै उनले २५/२५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन । दुबै संस्थाको प्रतिनिधित्व गर्दै संगीतकार संघ नेपालका प्रेस सल्लाहकार तथा गीतकार लोकराज अधिकारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
यसैगरी कल्याणकारी कोषलाई गीतकार धनवीर पुनले २० हजार रुपैया सहयोग गरेका छन । म्याग्दी जिल्ला घोरेपानी घर भई हाल नेदरल्याण्डमा बस्दै आएको गीतकार पुनले संगीतकार संघ नेपालमा आयोजीत एक कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरेका हुन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन ।
कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यसैक्रममा आउदो बैसाख महिना बाट मेचिकाली अभियानको थालनी गर्ने संघको तयारी छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ७ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट २ लाख ५८ हजार ९सय १६ रुपैया सहयोग र खर्च गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने अध्यक्ष शेषले जानकारी दिए ।
यो समाचार तयार पार्दा सम्म सार्बजनिक गरिएको बिबरण अनुसार कोषमा ९ लाख ८८ हजार ७२७ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।