ब्यबसायी सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् l आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ टेक्सस शाखाको अध्यक्ष पदमा लड्ने निधो गरेको बताए l उनले एक छापा बिज्ञप्ति मार्फत आफु पदको लोभी नभएको स्पष्ट पर्दै यस संघ मार्फत समाज सेवा गर्ने चाहना रहेकोले आगामी निर्वाचनमा […]
पुण्य फाउन्डेसन एउटा गैर नाफामुखी, गैर राजनीतिक र बिसुद्ध सामाजिक संस्था हो। यो अमेरिकामा र नेपालमा समेत हालसालै दर्ता भएको छ। यसको उद्देस्य सकेसम्म धेरै ठाउँहरुमा आफ्नो सेवा पुर्याउनु रहेको छ। यसको मुख्य फोकस पुर्बी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग पुर्याउने रहेता पनि आबस्यकता अनुसार अन्य देशमा अप्ठेरो परिस्थितिमा रहेका शरणार्थीहरुको लागि जति सकिन्छ त्यति […]
कोलकाता, ५ असार । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको […]
काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिका क्षेत्रका विभिन्न बौद्ध महाविहारलगायत सामाजिक सङ्घसंस्थाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी तथा वडाध्यक्षहरुलाई आज सम्मान गरेका छन् । अठार महाविहार, दश शाक्य महाविहार, सो¥ह शाक्य महाविहार, बज्राचार्य संरक्षण गुठी, नेपाल परम्परागत बौद्धधर्म सङ्घ र पे्रmन्डस् अफ शान्तिपुरले आज आयोजित समारोहमा टीका तथा सगुन जनप्रतिनिधिलाई प्रदान गरी स्वागत […]
काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उच्चपदस्थ […]
केहि दिन अघि अमेरिकाको नेपाली समाज एउटा बिभत्स घटना सुन्न बाध्य भयो । कल्पना गर्न नसकिने यो घटनाले सम्पूर्ण नेपालीलाई चोट पुर्यायो । उनलाई अन्तिम श्रद्दान्जली दिन उर्लेको भिडले नेपाली समुदायको उनी प्रतिको सहानुभूति स्पस्ट गर्छ । संगसंगै यो घटनाको गाम्भीर्यतालाइ पनि अगाडी ल्याएको छ । अमेरिका जस्तो अबसरको भूमिमा किन यस्ता घटना हुँदैछन् भनेर […]
बेइजिङ, २ असार । चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् । सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिनुभएको थियो । विषेशज्ञताका लागि तीन वटा […]
काठमाडौँ, १ असार । देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा […]
काठमाडौँ, ३१ जेठ । नेपाली भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन गर्न जरुरी रहेको भाषाविद्हरुले बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत अनुवाद विभागद्वारा आज यहाँ आयोजित एक गोष्ठीमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बिपी कोइरालाका साहित्यमध्ये अधिकांशको अनुवाद भइसकेको र रुसी साहित्यका प्रख्यात लेखकका कृति नेपालीमा अनुवाद भई प्रकाशित भएकामा खुसी […]
डालस, जुन १३ । नेपाल जर्नीले आगामी सेप्टेम्बर २३ गते शनिबार “नेपाल जर्नी फन्ड रेजिंग गाला डिनर” गर्ने भएको छ । नेपाल जर्नीले संचालन गर्न लागेका परियोजनाहरु सम्पन्न गर्न आबस्यक रकम संकलन गर्ने उद्देस्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । गतसाल हेटौडामा अत्याधुनिक पुस्तकालय निर्माण गर्न पनि नेपाल जर्नीले यस्तै कार्यक्रम आयोजना […]