समाचार

स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा बिन्ध्यबासीनि म्यूजिकका सञ्चालक रेग्मीलाई ४ वटा संस्थाले ले सोधे ७ दिने स्पष्टिकरण : सर्जक बिरोधी कम्पनिलाई प्रायोजन सहयोग नगर्न पत्राचार (पत्र सहित)

बिन्ध्यबासीनि म्यूजिक प्रालीका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा ४ वटा संस्थाले लिखित स्पष्टिकरण मागेका छन । प्रस्तोता समाज  नेपाल , संगीत रोयल्टी संकलन समाज नेपाल,संगीतकार संघ नेपाल, र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त कम्पनिले टेलीकम बाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखी कम्पनिको नाम राखेर आर्थिक तथा […]


म्याग्दीको बेनीमा भू–संरक्षण प्रविधि तालिम

बेनी (म्याग्दी), १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘माटो पानी जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीको आयोजनामा भूस्खलन हुने क्षेत्रमा कम खर्चिलो प्रविधि अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । वेगखोला गाविसको १ देखि ८ र दोवाको १ देखि […]


दाङको करोड पानी अभियानलाई स्विजरल्याण्ड बस्ने नेपाली द्धारा ७० हजार सहयोग : स्थानिय स्तरमा अझै बढि सकृयताको आबस्यकता

दाङको करोड पानी अभियानलाई स्विजरल्याण्ड बस्ने नेपालीका तर्फबाट ७० हजार सहयोग गरिएको छ । बाँके घर भै हाल स्विजरल्याण्ड बस्दै आउनु भएकी सिमा गौतम अर्यालले राजधानी काठमाण्डौमा आयोजीत एक कार्यक्रममा रकम हस्तान्तरण गर्नु भएको हो । गुणराज शर्माले उपलब्ध गराउनु भएको ३० हजार सुनम पन्तले उपलब्ध गराउनु भएको २० हजार र आफनो तर्फबाट २० हजार […]


ट्रंप यात्रा अतिबाद तिर उन्मुख , ७ देशका मान्छे अमेरिका आउन नपाउने

जनवरी २८, वाशिंगटन डिसी। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले विशेषाधिकार आदेशमा हस्ताक्षर गर्ने क्रम रोकिएको छैन। ओबामाकेयर, मेक्सिको पर्खाल जस्ता देश र बिदेशमा प्रत्यक्ष असर पर्ने मुद्धाहरुमा हस्ताक्षर गरिसकेका ट्रंपले आज फेरी अर्को बिबादास्पद मुद्धामा हस्ताक्षर गरेका छन्। युद्धग्रस्त र समस्याग्रस्त इस्लामिक देशहरुबाट आउन अस्थायी रुपमा प्रतिबन्ध लगाउने उनको चुनावी नारा अनुसार उनले ७ वटा इस्लामिक […]


शहिद सप्ताह शुरु

(माघ १६ गते आइतबार प्रचारप्रसार गर्ने) काठमाडौँ, १५ माघ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा […]


चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

(रमेश गिरी) भक्तपुर, १५ माघ । विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि […]


नक्कली कागजात बनाई विदेश पठाउने पक्राउ

काठमाडौँ, १४ माघ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स(युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले […]


मेक्सिको सीमामा पर्खाल निर्माण सम्बन्धमा बिभिन्न प्रतिक्रिया

वाशिङ्गटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका बखत ब्यक्त गरेका मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको जनाइएको छ । संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ मेक्सिकोको सीमाक्षेत्र एकहजार नौसय चवन्न माइल (लगभग तीन हजार एकसय सत्ताइस किलोमिटर) लम्बाइमा फैलिएको छ । यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला […]


बाजागाजासहित अर्नाको भव्य स्वागत

रत्ननगर(चितवन), १४ माघ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गर्नुभएको छ । चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आज आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको एउटा परिवारको अङ्गका रुपमा […]


भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकासबारे विश्वव्यापी छलफल

काठमाडौँ, १३ माघ । आर्थिक–सामाजिक विकासका योजना तथा तिनको कार्यान्वयनमा लामो समयदेखि कार्यरत व्यक्तिहरूले यातायात पूर्वाधारको चरम अभाव, अधिक कर तथा ढुवानी खर्चका कारण भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकास हुन नसकेको बताएका छन् । विश्वका ४६ देशमा आज एकैपटक भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकासबारे फ्रान्सेली संस्था इन्स्टिच्युट फ्रान्सियासले साझा विश्व भन्दै ‘नाइट अफ आइडियाज्’ नाराका साथ आयोजना […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907