दाङको करोड पानी अभियानलाई स्विजरल्याण्ड बस्ने नेपाली द्धारा ७० हजार सहयोग : स्थानिय स्तरमा अझै बढि सकृयताको आबस्यकता
दाङको करोड पानी अभियानलाई स्विजरल्याण्ड बस्ने नेपालीका तर्फबाट ७० हजार सहयोग गरिएको छ । बाँके घर भै हाल स्विजरल्याण्ड बस्दै आउनु भएकी सिमा गौतम अर्यालले राजधानी काठमाण्डौमा आयोजीत एक कार्यक्रममा रकम हस्तान्तरण गर्नु भएको हो । गुणराज शर्माले उपलब्ध गराउनु भएको ३० हजार सुनम पन्तले उपलब्ध गराउनु भएको २० हजार र आफनो तर्फबाट २० हजार ७० हजार रुपैया रापती समाज काठमाण्डौका पूर्व अध्यक्ष गोपाल बस्नेत मार्फत पानी अभियानलाई हस्तान्तरण गर्नु भएको हो । एनआरएन स्विजरल्याण्डका उपाध्यक्ष समेत रहेकि सिमाले महत्वपूर्ण सामाजिक अभियानमा सहिभागी हुन पाएकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रममा बोल्ने बक्ताहरुले अभियानलार्य सफल पार्न सहयोग संकलन संगै सरकारी निकायमा स्थानिय र राष्ट्रिय रुपमा निरन्तर पहल गर्नु पर्ने आबस्यकता रहेको बताएका छन । बक्ताहरुले स्थानिय स्तरमा अझै बढि सकृयताको आबस्यकता देखिएको बताएका छन । रापती समाज काठमाण्डौले आयोजना गरेको कार्यक्रममा मोहनराज शर्मा, तिर्थ पौडेल,अनिल बस्नेत लगायतले आफना बिचार राख्नु भएको थियो । करोडपानी अभियानका बारेमा अभियन्ता मित्रलाल पार्धेले पोल्याण्डबाट अनलाइन सम्बोधन मार्फत आफना बिचार राख्नु भएको थियो भने अभियानको अहिले सम्मको प्रगतीबारे उपभोक्ता समितिका अध्यक्ष प्रेम केसीले टेलीफोन सम्बोधन मार्फत जानकारी गराउनु भएको थियो ।