समाचार

जापानले गर्‍यो कामदार अभाव भएको घोषणा

डालस, जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ। सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ। जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्। […]


रिपब्लिकन पार्टीका प्रतिनिधि सभा सदस्यद्वारा आत्मसमर्पण

न्यु योर्क राज्यका रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने क्रिस कोलिन्स बिरुद्ध संघिय अदालतमा आज बुधबार मुद्धा दायर गरिएको छ। उनका साथमा उनका छोरा र अन्य एक व्यक्ति समेत १३ वटा ठगी र भ्रस्टाचारको मुद्धामा मुद्धा चलाइएको छ। कांग्रेसमेन कोलिन्सले अस्ट्रेलियन औषधि उत्पादक कम्पनीको एउटा औषधिको परिक्षणको नतिजा आफ्ना छोरालाई सार्बजनिक हुनु भन्दा पहिले भनिसकेका थिए, जुन […]


एप्पल ट्रिलियन डलर बजार मूल्य पुग्ने पहिलो अमिरिकी कम्पनी

न्यूयोर्क, १८ साउन  ः आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी […]


नक्कली फेसबुक एकाउन्ट खोलेर मध्यावधि निर्बाचन प्रभावित गर्न शुरु

न्यूयोर्क, १६ साउन  ः अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको […]


सरकार बिरुद्ध घेराबन्दी गर्न खोजियो : प्रचण्ड

काठमाडौँ, १५ साउन ९ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई […]


‘सामाजिक न्यायसहितको समृद्धिमा सरकार’

विराटनगर, १५ साउन  ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताउनु भएको छ । संयुक्त ट्रेड युनियनद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन कायम गर्न र जनताका सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । श्रमिकले दुई छाक राम्रोसँग पेट पाल्ने किसिमका न्यूनतम पारिश्रमिक लागू गरेको […]


मातृभूमिको सम्बृद्धिमा सहयोग गर्नुस: पररास्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ । तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले आज लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु […]


रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’

       कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]


सरकार-केसीबीच भएको नौबूँदे सहमतिमा के-के छन् ?

काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]


सुत्केरी भैँसीलाई भत्ता !

बाबियाचौर, म्याग्दी, १० साउन  ः मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907