रिपब्लिकन पार्टीका प्रतिनिधि सभा सदस्यद्वारा आत्मसमर्पण

न्यु योर्क राज्यका रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने क्रिस कोलिन्स बिरुद्ध संघिय अदालतमा आज बुधबार मुद्धा दायर गरिएको छ। उनका साथमा उनका छोरा र अन्य एक व्यक्ति समेत १३ वटा ठगी र भ्रस्टाचारको मुद्धामा मुद्धा चलाइएको छ। कांग्रेसमेन कोलिन्सले अस्ट्रेलियन औषधि उत्पादक कम्पनीको एउटा औषधिको परिक्षणको नतिजा आफ्ना छोरालाई सार्बजनिक हुनु भन्दा पहिले भनिसकेका थिए, जुन कम्पनीको बोर्ड मेम्बर थिए। उक्त सूचना पाए पछि उनीहरुले ट्रेड मार्केटमा कम्पनीको शेयरको कारोबारबाट करिव सात लाख सत्सट्ठि हजार डलर नोक्सानी जोगाएका थिए।
२०१७ को ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट अनुसार अमेरिका भ्रस्टाचारको सुचिमा १६ औं नम्बरमा पर्छ। अमेरिका बस्ने धेरैलाई अमेरिकामा पनि भ्रस्टाचार हुन्छ र भन्ने लागे पनि यथार्थ त्यस्तो छैन । सानातिना कार्यालयमा हुने भ्रस्टाचार नभए पनि ठुला ठुला काण्डहरु भने अमेरिकामा हुने गर्छन । ठुलो अर्थतन्त्र र ठुलो बजार भएकोले सानो सूचना पनि प्रसस्त कमाउन वा गुमाउन सहज हुन्छ । नीति निर्माणको तहमा नै जनताका प्रतिनिधिहरु बिसेष खालका समुहहरुको प्रभावमा पर्छन । सार्है सानो रकमको तलमाथि हुने अबस्थामा पनि राष्ट्रिय स्तरमा हेर्दा करोडौं डलरको फरक पर्न सक्छ । कांग्रेसमेनले त्यो गुप्त कुरा खुसुक्क खोलेर आफ्नो छोरालाई बचाउन सफल भए ।

UNITED STATES – APRIL 17: Rep. Chris Collins, R-N.Y., talks with reporters after a meeting of the GOP Conference at the Capitol Hill Club on April 17, 2018. (Photo By Tom Williams/CQ Roll Call)

नेपाल लगायत धेरैजसो अल्पविकसित देशहरुमा भ्रस्टाचार हरेक अंगमा ब्याप्त छ । दैनिक कामकाजमा जाने नेपाली नागरिकहरु कर्मचारीहरुद्वारा पिडित हुने गरेको पाइन्छ । नागरिकता, पासपोर्ट बनाउने देखि जन्म दर्तासम्म खजांचीहरुको शिकार हुनु पर्छ । तर अमेरिकामा ठुलो स्तरको भ्रस्टाचार हुने गर्छ । चुनाव खर्च बापत दशौँ लाख खर्च हुने भएकोले त्यो पैसा उठाउने सहि काइदा हो । नीति निर्माण गर्दा उनीहरुले ठुला कम्पनीहरुको फाइदाको लागि काम गर्छन । नियमको सानो प्राबधान हटाउँदा वा थप्दा यस्ता कम्पनीहरुलाई करोडौं घाटा वा नाफा हुने भएकोले उनीहरुले नीति निर्माण गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई चन्दाको नाममा वा अन्य नाममा अप्रत्यक्ष रुपमा घुस खुवाउछन ।

२०१६ को रास्ट्रपति निर्बाचनमा डोनाल्ड ट्रंपलाइ समर्थन गर्ने कोलिन्स पहिलो बहालवाला प्रतिनिधि सभाका सदस्य हुन् । पक्राउ पर्ने पक्का भए पछि बुधबार उनले एफबिआइ सामु आत्मसमर्पण गरेका हुन् ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907