मातृभूमिको सम्बृद्धिमा सहयोग गर्नुस: पररास्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ ।

तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले आज लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु उच्च राख्न आग्रह गर्नुभयो ।

उहाँले विदेशमा रहेका नेपालीलाई एकजुट गर्न संघले निर्वाह गरेको भूमिकाको सराहना गर्दै नेपाल सरकारले देशको विकासका लागि प्राथमिकता निर्धारण गरेका क्षेत्रबारे जानकारी दिनुभएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयक प्रवचनमा उहाँले अहिलेको सरकारको प्राथमिकता र नीति नेपालको सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित भएको बताउनुभयो ।

यसैबीच मन्त्री ज्ञवालीले शनिबार युरोपका नौ देशमा रहेका नेपाली राजदूतहरुलाई ब्रसेल्समा एकत्रित गरेर नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न निर्देशन दिनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया र त्यसलाई निष्कर्षमा नेपालले नै पु¥याएको उजागर गर्न आग्रह गर्नुभयो ।

नेपालको विकासलाई केन्द्रमा राखेर कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक कूटनीतिलाई राष्ट्रिय हितमा गाँसेर विशेष योगदान गर्न अनुरोध गर्नुभयो ।

युरेपेली संघ, युरोपेली मुलुक संयुक्त, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघ संगठनसँग नेपालको सम्बन्ध सुमधुर तुल्याउन र मुलुकका निम्ति सहायता जुटाउन गम्भीर भएर जिम्मेवारी निर्वाह गर्न मन्त्री ज्ञवालीले राजदूतहरुलाई निर्देशन दिनुभयो । (रासस)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907