रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’

       कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ ।

यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी मध्ये एक मानिने याे जाेडीकाे ब्रेकअपपछि भिन्न बाटाे राेजेका छन् । तर ब्रेकअपकाे कारण के थियाे कसैलार्इ थाहा हुन् सकेन ।

ब्रेकअप पश्चात दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले उनी आलिया भट्टसँग प्रेममा लिप्त छन् । दीपिका पनि रणवीर सिंहसंग प्रेम संम्बन्धमा छन् । उनीहरूकाे बिहे यसै वर्ष हुने समाचारहरू पनि अाइरहेकाे छ ।

हालै दीपिकाले एक अन्तरवार्तामा अाफ्नाे पूर्व प्रेम बारे मुख खाेलेकी छिन् साथै उनले ब्रेकअप हुनुकाे कारण समेत खुलाएकी छिन् ।

भर्भ म्यागजिनसँगको अन्तर्वार्तामा दीपिकाले भनेकी छिन्- ‘त्याे प्रेममा मैले धाेका पाएँ,मैले उनलाई रंगेहात समातेको थिएँ । त्यति नै बेला सबै भावनालाई बिर्सिएर उनीसँग अलग्गिने निर्णय गरें ।’

उनले अगाडि भनिन्-  ‘जब म सम्बन्धमा थिएँ तब धेरै मानिसहरुले मलाई उसले धोका दिइरहेको छ भनेर सम्झाएका पनि थिए । उसले मसंग दाेस्राे चान्सका लागि भिख नै माग्याे र मैले उसलार्इ दाेस्राे माैका दिएँ । तर उ सुध्रिएन । उसलार्इ मैले अर्की युवतीसंग रंगेहात समाए । अनन्त, सम्बन्ध ताेड्नुकाे केही विकल्प रहेन् ।’

दिपिकाले थपिन्- ‘जब धोका दिनु कसैको बानी छ भने तपाईंले सम्बन्धमा सबैकुरा दिएपछि पनि हार्नुहुन्छ । तन,मन दिँदा दिँदै पनि मैले हारेँ । ब्रेकअप पछि अाफूलार्इ सम्हाल्न नसकेर म थुप्रै दिनसम्म रोइरहें । समयसँगै म ठिक हुँदै गएँ र जीवनमा अगाडि बढीरहेकी छु ।(निऊज२४ बाट )

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907