पछील्लो समयमा बिदेशमा रहेर पनि नेपाली लोक गितलाई माया गर्दै आउनु भएको नव सर्जक दिपक कँडेलको शव्द तथा जापानमै रहनुभएको अर्का प्रतिभावान गायक प्रकाश खराल स्वरमा रहेको गित म मरेर गए नी यसै हत्ता बजार मा आएको छ । सञ्चार क्षेत्रमा आधा दशक भन्दा लामो अनुभव भएका बागलुङका युवा सुवास कँडेल र सारिका के.सीको अभिनय […]
जुन ७, डालस, टेक्सास। एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा भानु खरेलले टेक्सास च्याप्टर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आज एक बिज्ञप्ति प्रकाशित गर्दै खरेलले उक्त घोषणा गरेका हुन्। एनआरएन अमेरिकाको चुनावको तिथिमिति प्रकाशित गरिएको छैन। तर वर्तमान कार्यसमिति यहि जुन देखि नै कामचलाउ भैसकेको छ। सदस्यता वितरण र प्रमाणीकरणको काम बिबादित हुँदै सम्पन्न पनि भैसकेको छ। […]
काठमाडौँ, २४ जेठ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ । […]
काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । […]
बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन […]
रियाद (साउदी अरब), २२ जेठ । साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् । आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । इजिप्टसहित […]
पेरिस, २१ जेठ । बेलायतको राजधानी लण्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणमा फ्रान्सका नागरिक पनि परेको भन्दै फ्रान्सले दुःख व्यक्त गरेको छ । घटनामा परी पीडित भएकालाई सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले आइतबार निकालेको विज्ञप्तिमा आतङ्कबाद विरुद्ध लड्न बेलायतलगायतका देशकाबीचमा थप सशक्त सहकार्यको आवश्यकता […]
लन्डन, २१ जेठ । मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए । प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ । शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने […]
चितवन, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै यहाँका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेस र (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा (एमाले)ले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए । गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा […]
जुन ३, अमेरिका। नेपालीहरुको सबभन्दा पुरानो संस्था एएनएले यहि जुलाईको पहिलो हप्ता गर्ने भनेको बार्षिक सम्मेलनको नयाँ तालिका सार्बजनिक गरेको छ। बिगत ३३ बर्ष देखि गर्दै आएको उक्त सम्मेलन यसपटक भने छोट्याएर एक दिन बनाइएको छ भने त्यसलाई अरु बृहद र अन्य संस्थाहरुसंग मिलेर गर्नको लागि अर्को मिति सेप्टेम्बर १ देखि ३ सम्म तोकिएको छ। […]