विराटनगर, १५ साउन ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताउनु भएको छ । संयुक्त ट्रेड युनियनद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन कायम गर्न र जनताका सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । श्रमिकले दुई छाक राम्रोसँग पेट पाल्ने किसिमका न्यूनतम पारिश्रमिक लागू गरेको […]
यतिबेला नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य अमेरिका भ्रमणमा हुनुहुन्छ । नेपाल अमेरिका पत्रकार संघ अर्थात् नेजाको छैठौं साधारण सभामा भाग लिन जुलाई १९ गते अमेरिका आउनु भएका आचार्य अमेरिकाका बिभिन्न ठाउंहरुमा भेटघाटमा व्यस्त हुनुहुन्छ । त्यहि शिलशिलामा टेक्सास आउनु भएका आचार्य नेपाल अमेरिका पत्रकार संघको नबनिर्बाचित कार्यसमितिको तर्फबाट स्वागत एबम समुदायसंग अन्तरक्रिया गर्ने कार्यक्रममा […]
काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ । तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले आज लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु […]
डालस, टेक्सास । आज जुलाई २८ सनिबार साँझ कन्दरा ब्याण्डले डालस तताउने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । पिक रेस्टुरेन्टको सहयोगमा डिटि इन्टरनेसनल र न्याकको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रममा नेपाल देखि आउनु भएका कन्दरा ब्याण्डका बरिष्ठ कलाकारहरु को साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन । कन्दरा […]
महंगीले ढाड सेकेर उठ्न नसक्ने बनाएको वेला एका विहानै कसैले ढोकाको घण्टी बजायो । हेर्न जादा पार्सलको पोका लिएर हुलाकी आएको रहेछ । के पार्सल आएको रहेछ भनी खोलेर हेरें, राता राता फलेका गहुँका दाना जस्तै मोटा मोटा चामल को पोको रहेछ । नाम हेरें चिन जानका एकजना मित्रले जुम्ला देखि पठाएका रहेछन् । जे भएपनी […]
अन्तत: सरकार झुक्यो । आज नेपालबाट प्रकाशित हुने संचार माध्यमहरुको शिर्षक हो । डाक्टर गोविन्द केसीसंगको बार्ता सफल भए पछि र उनको अनसन तोडिने भए पछि धेरैले सरकार झुकेको विश्लेषण गरे । सामाजिक संजालमा पक्ष वा बिपक्षमा कुर्लनेहरु कोहि फेरी बुरुक्क उफ्रेर सरकार झुकेको अर्थ लगाउदैछन । अर्काथरी फेरी यो समाचारलाई आफ्नो अहँ तुस्टि हुने […]
कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]
काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]
बाबियाचौर, म्याग्दी, १० साउन ः मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले […]
सोमबार दिउसो दुइ बजे ओक्लाहोमा राज्यको अटोका सिटीमा आफु र परिवारको रोजीरोटीको लागि कार्यरत रचना श्रेष्ठ माथि एक अपराधिक मानसिकता भएको व्यक्तिले अन्धाधुन्ध ८ गोलि प्रहार गर्यो। उनले भुँइ सफा गरिरहेको अबस्थामा पछाडीबाट उनलाई गोली हान्यो । गोली हानिसकेर उक्त अपराधी नजिकैको म्याक डोनाल्ड नामक “छिट्टै खान पाइने” रेस्टुरेन्टमा गएर आराम गरेर बस्यो । नेपाली […]