डाक्टर केसीसंगको सहमतिमा सबैको जित भएको छ, हार घमण्डको

अन्तत: सरकार झुक्यो । आज नेपालबाट प्रकाशित हुने संचार माध्यमहरुको शिर्षक हो । डाक्टर गोविन्द केसीसंगको बार्ता सफल भए पछि र उनको अनसन तोडिने भए पछि धेरैले सरकार झुकेको विश्लेषण गरे । सामाजिक संजालमा पक्ष वा बिपक्षमा कुर्लनेहरु कोहि फेरी बुरुक्क उफ्रेर सरकार झुकेको अर्थ लगाउदैछन । अर्काथरी फेरी यो समाचारलाई आफ्नो अहँ तुस्टि हुने गरी अर्थ लगाउने नै छन् । घटनाको बास्तविकता नबुझेर बोल्ने धेरै मान्छे यस्तो अबस्थामा अप्ठेरोमा पर्ने गर्छन । भविस्यमा आउने अरु यस्ता मुद्धाहरुमा विचार पुर्याएर कुर्लनु पर्ने आबस्यकता यहि घटनाबाट बुझे भने त्यो उनीहरुको लागि अबस्य फाइदाजनक हुने नै छ ।


डाक्टर केसीसंग सरकारले सम्झ्यौता गर्नु नै थियो, गर्यो । डाक्टर केसीका माग सरकारले पुरा गर्ने पर्थ्यो, गर्यो । अलि ढिला गरेकोमा गुनासो गर्ने ठाउँ रहे पनि यसको लागि सरकारलाई हामी सबैले धन्यवाद दिनै पर्छ । केसीका मागहरु कुनै राजनीतिक दलले बोकेको आरोप लगाउंदै बसेर मात्र स्वास्थ्य क्षेत्रको बिकृतिको उपचार सम्भव थिएन । आफ्नो अनुकुल हुने गरी जो कसैले बोके पनि यो मुद्धा सबै नेपालीहरुको चासोको बिषय हो । समयमै केहि गरेको भए न त केसी सत्याग्रहमा जानु पर्थ्यो, न सरकार झुकेको अर्थ कसैले लगाउन पाउँथे न त सामाजिक संजालमा उफ्रिनेहरु नराम्रोसंग थेचारिने नै थिए ।
यो दुनियाँमा सबैको विचार मिल्न सक्दैन, यो ध्रुव सत्य कुरा हो । हामी आफै भित्र समेत ठुलो अन्तरविरोध रहेको हुन्छ । विचार नमिल्नु अत्यन्त स्वाभाविक कुरा हो । विचार पढाइ, बढाई र संगतले निर्माण हुन्छ । पढाई, बढाई र संगतको अन्तरले विचार पनि अन्तर हुन्छ । विचार मिल्नु राम्रो कुरा हो तर नमिल्दा पनि कुरा बुझ्यो भने आचार्य मान्नु पर्दैन । एक अर्काको बिचारमा सहिष्णु बन्नु र अर्काको बिचारको समेत कदर गर्नु अहिलेको आबस्यकता हो ।
पक्कै पनि केसीको मागमा दुवै तर्फबाट गर्न सकिने तर्कहरु थिए । तर तर्कको भाषा र प्रस्तुतिले गर्दा सामाजिक संजालहरु दुषित हुन पुगे । आफ्नै साथीभाई माथि अभद्र शब्दहरु प्रयोग गरिए । केसीका मागहरु पुरा हुँदा लगभग सबै नेपालीहरुको स्वास्थ्य चासोको सम्बोधन गर्ने दिशामा पहिलो पाइला हुने कुरामा अधिकांश नेपालीहरुले विश्वास राख्थे । त्यो समुहमा पक्कै पनि राजनीतिक रंग पोतेर लाभ लिन सकिन्छ भन्नेहरु पनि थिए ।

लेखक: लेखनाथ गौतम

वादविवादको त्यो खालमा अर्काथरी दुइ तिहाइको दम्भ बोकेर आएका थिए । यस्तै खाले समस्याका कारण नेपाली जनताले अहिलेको सरकारलाई दुइतिहाइ दिएका हुन् भन्ने उनीहरुले बिर्से । प्रजातन्त्रमा दुइ तिहाई होइन शत प्रतिशत ल्याउनेको कदम बिरुद्ध पनि बोल्न पाइन्छ भन्ने उनीहरुले हेक्का राखेनन् । सरकारले दुइ तिहाइ जनताको भलाइको लागि होइन सबै नेपाली जनताको भलाइमा काम गर्नु पर्छ भन्ने उनीहरुले ख्याल राखेनन् । सामाजिक संजालमा केसीका समर्थकहरुलाइ मात्र होइन डाक्टर केसीलाई समेत जथाभावी बोले । कतिपयले त मरे हुन्छ समेत भन्न भ्याए, मानौ केसी नेपाली समाजका खलपात्र हुन् । उनलाई गालि गर्दै गर्दा आफु नै खलपात्र बनेको उनीहरुले थाहा पाएनन ।
जे होस् सरकार र डाक्टर केसीबीच कुरो मिलेको छ । जे हुनु पर्ने थियो, त्यहि भएको छ । बिगतमा पनि यस्तो भएकै हो तर अस्थिर र अस्थायी सरकारको कारण कार्यान्वयन नहुँदा पटक पटक डाक्टर केसीले अनसन बस्नु परेको छ । अब ५ बर्षसम्म एउटै सरकार रहने भए पछि पक्कै फेरी अनसन बस्नु पर्ने अवस्था नआउला । त्यसको अर्थ नेपालमा स्वास्थ्य शिक्षा क्षेत्रमा अहिले रहेको विसंगति र बिकृति हल हुनेछ । यसको फाइदा नेपाली जनताले लिनेछन भने कार्यान्वयनको हिसाबले यहि सरकारले नै यसको जस पाउने छ जनताबाट ।
यो सहमतिमा सरकार हारेको होइन, सहि निर्णय गरेको मात्र हो । यसमा हार डाक्टर केसीका जायज मागहरुलाई राजनीतिक लेपन लगाउंदै फेसबुकमा उफ्रिनेहरुको हो । हार उनीहरुको इगोको भएको छ, निष्ठाको होइन । कुनै पनि मुद्धालाई राजनीतिकरण खोज्नेहरुको यसमा हार भएको छ । जसले भने पनि वा गरे पनि राम्रो कुरा राम्रै हो भन्ने उनीहरुले बुझे भने भविस्यमा दस हात उफ़्रिएर बजरिनु पर्ने अवस्था आउने छैन । यसकारण यो घटना एक शिक्षामुलक घटनाको रुपमा लिंदै आगामी दिनमा बोल्दा वा लेख्दा भाषामा अलि ध्यान पुर्याउन प्रण गरेमा लज्जित हुनु पर्ने अवस्था पक्कै आउने छैन । अहिलेको सरकार सबै नेपालीहरुको हो, फेसबुकमा भजन गाउने दास मनोबृतिका मान्छेहरुको मात्र होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

डाक्टर केसी र सरकार बीच भएको २२ बुंदे सहमति

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907