कन्दरा ब्याण्डले आज डालसमा प्रस्तुति दिने

डालस, टेक्सास । आज जुलाई २८ सनिबार साँझ कन्दरा ब्याण्डले डालस तताउने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । पिक रेस्टुरेन्टको सहयोगमा डिटि इन्टरनेसनल र न्याकको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रममा नेपाल देखि आउनु भएका कन्दरा ब्याण्डका बरिष्ठ कलाकारहरु को साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन ।


कन्दरा ब्याण्ड सन् १९९२ मा स्थापित सांगीतिक समूह हो । ७ जनाको समूह रहेको यो ब्याण्ड मोफसल अर्थात् पोखरामा जन्मेर स्थापित भएको हो । “लेक कि हे माया, हंगकंग पोखरा, तगारोमा रुमाल राखी, तिमी पारी त्यो गाउँमा, बिदेसिएर गइन उनी, चन्चले कान्छीको जोवन जस्ता नेपाली जनाजिव्रोमा बस्न सफल गीतहरु यो ब्याण्डले नेपाली श्रोता सामु पस्किसकेको छ । लोक भाखा प्र तिको नेपालीहरुको झुकावको कारण सोहि भावना आदर गर्दै लोक पप भाखामा कन्दराले गीत सिर्जना गर्दै आएको छ । ब्याण्डमा भोकलिस्ट बिबेक श्रेष्ठ छन् भने सुनिल थापा, बुद्धराज बज्राचार्य, अमित गुरुङ, असिम शेरचन, अनिल गुरुङ र अभिनाश गायकले ब्याण्डका अन्य विधा सम्हालेका छन् ।


१९९५ मा चन्चले कान्छी नामक पहिलो एल्बम निकालेको थियो भने कन्दराको पछिल्लो एल्बम भेंडी गोठैमा २०१६ मा बजारमा ल्याएको छ । नेपाली संगीत आकासमा राम्रो छाप छोड्न सफल कन्दराले संसारभर छरिएका नेपालीहरुको सांगीतिक तिर्खा मेट्न बेलाबेला विदेश भ्रमण गर्ने गरेको छ । यहि क्रममा अमेरिकाको डालसमा आइपुगेको यो ब्यान्डले आज हुने कार्यक्रममा नेपाली दर्शकहरुको रोजाइका लोकप्रिय गीत गाएर मनोरंजन प्रदान गर्ने कुरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले जानकारी गराएका छन् । साथै सो कार्यक्रममा उपस्थित भएर मनोरंजन लिनुको साथै नेपाली कला, भाषा एबम कलाकारहरुको प्रबर्धन गर्नु हुन अनुरोध समेत गरेका छन् ।

यस कार्यक्रमको टिकेट डर २० डलर छ भने यो डालसको लंगहर्न बलरुममा ८ बजे देखि शुरु हुनेछ भने कन्दरको कार्यक्रम पछि डालसका लोकप्रिय डिजेहरु मोमो, बिस्व, रीत र घलेले नचाउनेछन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907