ओक्लाहोमामा गोली हानिएकी नेपाली चेली रचना श्रेष्ठको स्वास्थ्य सुधारतर्फ: सहयोगको लागी अपिल

सोमबार दिउसो दुइ बजे ओक्लाहोमा राज्यको अटोका सिटीमा आफु र परिवारको रोजीरोटीको लागि कार्यरत रचना श्रेष्ठ माथि एक अपराधिक मानसिकता भएको व्यक्तिले अन्धाधुन्ध ८ गोलि प्रहार गर्यो। उनले भुँइ सफा गरिरहेको अबस्थामा पछाडीबाट उनलाई गोली हान्यो । गोली हानिसकेर उक्त अपराधी नजिकैको म्याक डोनाल्ड नामक “छिट्टै खान पाइने” रेस्टुरेन्टमा गएर आराम गरेर बस्यो । नेपाली चेलीको उपचार गर्न हेलिकप्टरबाट ओक्लाहोमा राज्यकै टुल्सा भन्ने ठाउँमा लगिएको छ ।


यतिबेला उनको अवस्था चिन्ताजनक तर स्थिर छ । अत्यधिक रक्तश्रावका कारण हिजै रगत दिइएको छ । शरीरका बिभिन्न भागमा धेरै प्रकारका उपकरण लगाइएकोले उनि हलचल गर्न सक्ने अबस्थामा छैनन् तर उनले टाउको हल्लाउने, हातखुट्टा चलाउने गरेको जानकारी प्राप्त भएको छ । ८ वटा मध्ये ५ गोलीहरु निकालिसकिएको छ भने ३ वटा निकाल्न बाँकी छ । बिशेष गरी संबेदनशील ठाउँहरुमा हानिएका गोलीहरु निकाल्दा भबिस्यमा आइपर्ने शारीरिक अबस्थालाई समेत ख्याल गर्नु पर्ने हुनाले सतर्कता अपनाइएको छ । कतिपय ठाउँमा गोली निकाल्दा ठिक भए पछि हिंडडुल गर्न समस्या नहोस भनेर यसो गरिएको हो ।


डाक्टरहरुका अनुसार रचना सामान्य अबस्थामा आउने सम्भावना प्रबल छ । मुटु र टाउकोमा सिधै गोली नलागेकोले सन्चो हुने सम्भावना अत्यधिक रहेको डाक्टरहरुले जनाएका छन । यो खुसीको समाचार हो । साढे दुइ बर्षे छोरा उनको प्रतिक्षा गरिरहेका छन् । टुल्सा सिटीमा दिन आज उज्यालो छ । गर्मी भए पनि हावाहुरी लागेको छैन, लाग्छ रचना केहि दिन पछि मुस्कुराउँदै हामी सामु आउनुहुनेछ ।
रचनाको परिवार अमेरिकी सपना बोकेर करिव एक बर्ष अघि अमेरिका आएको हो। श्रीमान कपिल श्रेष्ठ र अढाई बर्षीय छोरासंगै करिव ९ महिना अघि मात्र उनीहरु ओक्लाहोमा स्थित अतोका नामक यो अत्यन्त सानो सिटीमा गएका थिए । २ हजार जति मात्र जनसंख्या भएको यो सिटीमा अन्य नेपालीहरु समेत ब्यबसाय गरेर बसेका छन् ।
डालस क्षेत्रमा नेपालीहरुको ठुलो संख्या छ । व्यापार गर्नको लागि डालस महँगो हुन थाले पछि धेरै नेपालीहरु गाउँतिर जाने गरेका छन् । गाउँमा कम लगानीमा ब्यबसाय शुरु गर्न सकिने, सुरक्षित बसोबास हुने हुनाले गाउँतिर जाने नेपालीहरुको संख्या बढेको छ । २/३ बर्ष गाउँतिर बसेर दुख गरिसके पछि अलि पैसा लिएर डालस आएर ब्यबसाय गर्ने उनीहरुको योजना हुन्छ । रचनाको परिवार पनि करिव डालसतिरै फर्किने योजना बनाइसकेको थियो ।
जे होस् हाम्रो एक नेपाली परिवारले यहाँ एक अकल्पनीय बिपत्ति व्यहोरिरहेको छ । आफ्नो र बालबच्चाको सुन्दर भबिस्यको चाहना सहित अमेरिका प्रवेश गरेको त्यो सुन्दर परिवारको घरमा यतिबेला विपदले घेरेको छ । उनको उपचार र परिवारको सहयोगको लागि गोफ़ण्ड मार्फत सहयोगको लागि सबैमा अपिल समेत गरिएको छ । बिगतमा भएका घटनाहरुमा जस्तै संबेदनशील नेपाली मनहरुले सहयोग गर्नेमा चेली रचनाका पति कपिल श्रेष्ठ आशाबादी देखिन्छन । उनको अवस्था सुध्रिएको र ठिक भएको शुभकामना नोट सहित यथासक्य सहयोग गर्न टेक्सास र ओक्लाहोमाको नेपाली समाजले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907