भक्तपुर, १७ चैत : कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख […]
काठमाडौँ, १६ चैत: सरकारले लामो समयदेखि थिग्रिएर रहेका अर्थतन्त्रका संरचनात्मक समस्याको समाधान कुनै एक पक्षको पहलबाट सम्भव नभएको भन्दै सहयोगको अपिल गरेको छ । देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले जारी गर्नुभएको श्वेतपत्रबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको अपेक्षा गरिएको हो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा […]
चितवन, १५ चैत: भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार […]
युरोपियन युनियनले नेपालका खस आर्यलाई अलग पहिचान नदिन सरकारलाई सुझावात्मक आदेश दिएको छ । यो आदेशले नेपाली समाज र पूरै राजनीतिलाई तरंगित तुल्याएको छ । निर्वाचन पर्यवेक्षणको आवरणमा गत मंसिरमा सम्पन्न निर्वाचनका विषयमा केही टिप्पणी गर्दै इयुका तर्फबाट यस्तो आदेश आएको हो । यसप्रसंगमा निर्वाचनका विषयमा समेत प्रश्न उठाइएको छ । निर्वाचनका सन्दर्भमा ०७० मा […]
बेइजिङ, १४ चैत ९: मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र […]
काठमाडौँ, १३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो । पञ्चशीलका सिद्धान्त, […]
एनआरएन अहिले अत्यन्त व्यस्त छ । बिगत केहि हप्ता देखि लगातार रुपमा समिति गठन भैरहेका छन् । शुभकामना दिन समेत नभ्याउने अवस्था सिर्जना भएको गुनासो सामाजिक संजालमा सुनिन थालिएको छ । कतिपयले अहिलेको मनोनयनको बाढीमा समेत आफ्नो नाम छुट्नेहरु जीवनभर पदविहीन हुने भविस्यबाणी गर्दै व्यंग्य समेत गरेका छन् । बिध्यमान रहेका समितिहरुको बैठक बस्न समेत […]
डालस, टेक्सास । लामो समय देखि टेलिभिजन पत्रकारिता गर्दै आएका पत्रकार सुर्य थापाले छिट्टै “यु स्टार्ट अगेन” नामक एक टेलिभिजन कार्यक्रम निर्माण गर्ने भएका छन् । आज डालस नजिकै रहेको बेड्फ़ोर्ड शहरस्थित फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजित औपचारिक उद्घाटन समारोहमा उक्त कार्यक्रमको बिधिबत घोषणा गरिएको हो । घोषणा सभामा गन्यमान्यहरुको राम्रै उपस्थिति थियो । कार्यक्रम संचालन […]
काठमाडौँ, १० चैत : प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । आज बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर […]
लेखनाथ गौतम, वाशिंटन डिसी, अमेरिका । ट्रंप प्रशासन भित्रको भद्रगोल जारी छ । रास्ट्रपतिको पदबहाली भए पछि ट्रंपले आफ्नो प्रशासनमा धेरै मान्छे परिबर्तन गरिसकेका छन् भने धेरै ठाउँहरु पूर्ति गर्न बाँकी छन् । विदेश मन्त्रि रेक्स टिलर्सनको बिदाइ भएको हप्ता दिनपछि फेरी अर्को उच्च ओहोदाको व्यक्ति बिदाइ भएका छन् भने नयाँ व्यक्तिले उक्त स्थान लिने […]