एनआरए अमेरिकाज र एनआरएन अमेरिकाले बौद्धिक भेला आयोजना गर्ने

एनआरएन अहिले अत्यन्त व्यस्त छ । बिगत केहि हप्ता देखि लगातार रुपमा समिति गठन भैरहेका छन् । शुभकामना दिन समेत नभ्याउने अवस्था सिर्जना भएको गुनासो सामाजिक संजालमा सुनिन थालिएको छ । कतिपयले अहिलेको मनोनयनको बाढीमा समेत आफ्नो नाम छुट्नेहरु जीवनभर पदविहीन हुने भविस्यबाणी गर्दै व्यंग्य समेत गरेका छन् । बिध्यमान रहेका समितिहरुको बैठक बस्न समेत नसकेर कार्यकाल समाप्त भएको उदाहरण छँदा छँदै च्याउ सरी निर्माण गरिएका यी समितिहरुको काम के होला भन्ने जिज्ञासा सबैमा छ ।
एनआरएन अमेरिकाको निर्बाचन सम्पन्न भए पछि आएको नयाँ कार्यसमिति भित्र गन्जागोलको अवस्था छ । कार्यसमितिका एक जिम्मेवार सदस्यले नाम उल्लेख नगर्ने शर्तमा त्यहाँ भित्रको विवाद, निर्णय प्रक्रिया र कामबारे निराशाजनक अभिव्यक्ति दिएका छन् । के गर्ने भन्ने कुनै ठोस योजना नभएकोले यो कार्यसमिति कुहिरोको काग जस्तै अल्मलिएको जानकारी गराएका छन् । आफुले माखो नमार्ने तर समिति गठन गरेर काम चाहिं अरुलाई गर्न लगाउने, काम गरे जस आफुले लिने तर नगरे “काम गर्न समिति गठन गर्देको हो, गर्दैनन् त म के गरम?” भन्दै उम्किने बहाना बनाउन मात्र यसो गरिएको उनको भनाइ छ ।
यी र यस्तै समाचारका बीच एनआरएन अमेरिकाज क्षेत्र र एनआरएन अमेरिकाले एक बौद्धिक भेला क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा आयोजना गर्ने जनाएका छन् । क्षेत्रिय संयोजक गौरी राज जोशीले एक बिज्ञप्ति जारी गर्दै अमेरिकाज क्षेत्रमा बसोबास गर्ने नेपालीहरु मध्ये आफ्नो आफ्नो पेशामा सफलता हाँसिल गरेका व्यक्तिहरुको भेला आयोजना गर्न लागिएको जनाउंदै उक्त भेलाले आफ्नो ज्ञान र सिप कसरी नेपाल र नेपालीहरुको हितमा प्रयोग गर्न सकिन्छ भनेर छलफल गरिने जानकारी गराएका छन् ।
बिज्ञप्तिको पूर्ण अंश यसप्रकार छ :
अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षत्ँँ हासिल गर्नुभएका गैरआवासिय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा बौद्धिक भेला आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो ।
भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मुलका गैर आवासीय नेपाली सहभागी हुनुहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।
चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत हुनुहुन्छ । यो सिप  र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि बौद्धिक वर्गसँगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा  नेपाल सरकारका विशिष्ट अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुने छ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारीपनि सहभागी हुनुहुने छ ।
एनआरएन अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशीले  भन्नुहुन्छ ,अमेरिका र क्यानडा लगायत विश्वका विभिन्न देशका रहनुभएका नेपाली बौद्धिक वर्गको पहिलो भेला अमेरिकामा हुन लागेकोमा हामी उत्साहित छौँ । यो भेलाले विदेशमा बस्ने नेपाली समुदाय र नेपालको आर्थिक सामाजिक विकासमा नेपाली बौद्धिक वर्गको सिप र दक्षतालाई जोड्न मद्दत गर्ने छ भन्ने विश्वास छ ।
भेलामा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, बौद्धिक वर्ग, र व्यवसायी समेत सहभागी हुदां विदेशमा रहनुभएका नेपाली मुलका बौद्धिक वर्गलाई नेपालको अािर्थक र सामाजिक विकासमा कसरी जोड्ने सकिन्छ भन्ने सम्भावना पनि खोजी हुने छ, भन्नेमा म आशावादी छु जोशीले भन्नुभयो । विदेशमा कार्यरत थुप्रै बौद्धिक वर्ग नेपालले आफ्नो सिप र दक्षता उपयोग गरोस् भन्ने चाहनु हुन्छ नेपालमा पनि विश्वमा दक्षता हासिल गर्नुभएका गैर आवासीय नेपाली सिप र दक्षता देशका लागि उपयोग हो त्यसबाट केही योगदान पुगोस् भन्ने चाहना छ, यो भेला यसकै लागि पुल हुन, सक्छ जोशीले भने ।
एनआरएन अमेरिका कार्यसमितिले यो कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको छ । विदेशमा आफ्नो क्षेत्रका नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ अमेरिकामा यो सङ्ख्या निकै ठुलो छ, त्यही भएर यहाँ हुन लागेको बौद्धिक भेला महत्त्वपूर्ण छ एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भन्नुभयो । बौद्धिक भेलामा विदेशमा विज्ञता हासिल गर्नुभएका नेपाली वैज्ञानिक,  बौद्धिक वर्गलाई नेपालको विकास र समृद्धिमा जोड्ने कसरी सकिन्छ, यो छलफल हुने भएकाले महत्त्वपूर्ण भएको हो र एनआरएनएको क्षेत्रीय कार्यक्रम पनि हो पौडेलले भन्नुभयो ।
यो एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय कार्यक्रम भए पनि अन्य क्षेत्रबाट सहभागी हुन सकिने छ , जोशीले भन्नुभयो ।
थप सम्पर्क
गौरीराज जोशी
क्षेत्रीय संयोजक एनआरएन अमेरिका
इमेल: nrnusa2018@gmail.com

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907