डालसबाट पत्रकार सुर्य थापाको “यु स्टार्ट अगेन” टेलिभिजन कार्यक्रम शुरु हुने

डालस, टेक्सास । लामो समय देखि टेलिभिजन पत्रकारिता गर्दै आएका पत्रकार सुर्य थापाले छिट्टै “यु स्टार्ट अगेन” नामक एक टेलिभिजन कार्यक्रम निर्माण गर्ने भएका छन् । आज डालस नजिकै रहेको बेड्फ़ोर्ड शहरस्थित फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजित औपचारिक उद्घाटन समारोहमा उक्त कार्यक्रमको बिधिबत घोषणा गरिएको हो ।
घोषणा सभामा गन्यमान्यहरुको राम्रै उपस्थिति थियो । कार्यक्रम संचालन गर्न न्युयोर्कबाट पत्रकार किरण मरहठ्ठा डालस आएका थिए भने प्रमुख अतिथिको रुपमा महानायक राजेश हमाल आफ्नो ब्यस्त समयको वावजुद उपस्थित भएका थिए । नेपाल सरकारका महाबाणिज्यदुत क्यालिफोर्निया निवासी ब्यबसायी ऋषि ढकाल, अधिबक्ता खगेन्द्र छेत्री समेतको उक्त कार्यक्रममा उपस्थिति थियो । “यु स्टार्ट अगेन” कार्यक्रमको सफलताको कामना र प्रस्तोता सुर्य थापालाइ बधाई दिन डालस वरपर रहेका समाजका अग्रजहरुको राम्रो उपस्थिति थियो ।


नेपालमा रहंदा एबिसी टेलिभिजनबाट आफ्नो यात्रा शुरु गरेका थापा २०१० मा अमेरिका आइपुगेका थिए । अमेरिका आएर पनि उनले आफ्नो पत्रकारिता पेशालाई ब्यबसायिक रुपमा नभए पनि समाजसेवाको रुपमा कायम राखे । न्यु योर्कमा करिब ७ बर्ष रहंदा उनले व्हाइट हिमाल टेलिभिजनमा प्रस्तोताको रुपमा प्रबासी नेपालीहरुको मन जितिरहे । २०१७ सालमा टेक्सास बसाइ सरेका थापा मृदुभाषी, भद्र र मिलनसार पत्रकारको रुपमा परिचित छन् । यो टेलिभिजन कार्यक्रमको घोषणा संगै उनको अमेरिकामा टेलिभिजन क्षेत्रको नयाँ यात्राको शुरुवात भएको छ ।
करिब एक महिना अघि यो कार्यक्रमको पिनिंग सेरेमोनी घोषणा गरिएको थियो । त्यसको लागी नेपाल देखि अमेरिकाका विभिन्न शहरहरुबाट शुभकामना प्राप्त भएका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित शुभकामना संदेश पत्रकार रामचन्द्र भट्टले पढेर सुनाएका थिए भने प्रमुख अतिथिको रुपमा महानायक राजेश हमालले थापाको कार्यक्रमको रुपरेखा सहितको भिडियोलाइ बजाएर उद्घाटन गरेका थिए ।


कार्यक्रमको शुरुवात २ बजे गर्ने घोषणा गरिए पनि करिव सवा दुइ बजे सम्म स्वयम् कार्यक्रम संचालकहरु अनुपस्थित हुनुहुन्थ्यो भने अतिथि र प्रमुख अतिथिको ढिलो आगमनले कार्यक्रम निर्धारित समयभन्दा करिव एक घण्टा ढिलो ३ बजे मात्र शुरु भएको थियो । नेपाली संघ संस्थाहरुले गर्ने हरेक जसो कार्यक्रम समयमा शुरु नगर्ने आयोजकको आलोचना गर्ने पत्रकार कै कार्यक्रम किन यस्तो भनेर समयमै कार्यक्रम स्थल पुगेका अन्य सहभागीहरुले व्यंग्य गरेका थिए ।
कार्यक्रमको प्रस्तोताको रुपमा पत्रकार किरण मरहट्ठाको निकै गर्विलो रह्यो । कार्यक्रमको शुरुवात, अन्तरा र अन्त्य उनले ब्यबसायिक ढंगले नै गरे । तर कतिपय सहभागीहरु र अतिथिहरुको चरम प्रसंशा गर्ने उनको शैली चाकडीको हद सम्म प्रकट भएको धेरैले महशुश गरेका थिए । कार्यक्रमलाई मिठो र सौहाद्र बनाउने नाममा कतिपय व्यक्तिहरुको अतिरंजनापूर्ण भजन प्रस्तुतिलाई कतिपयले कुरीकुरी महसुश गरेका थिए । शुरुमा रमाइलो लागे पनि पछि पछि सम्म लगातार रुपमा गरिएका प्रशंसाका शब्दहरु अलि नमीठा महशुस भएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रम प्रस्तोता सुर्य थापाले आफु यो कार्यक्रम शुरुवात गरेर कुनै क्रान्ति गर्न लागेको नभई आफ्नो पत्रक्रिताको निरन्तरता र नेपाली समाज एबम मातृभूमिप्रतिको थोरै भए पनि ऋण चुकाउन सकिन्छ कि भनेर प्रेरित भएको कुरा ब्यक्त गरेका थिए । आफुलाई यो अवस्थासम्म आइपुग्न हरेक पाइलामा सहयोग गर्ने आफ्नी अर्धांगिनी, छोरीहरु, बुबाआमा, इस्ट मित्रहरु प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग रहने आशा व्यक्त गरेका थिए ।
पत्रकार सुर्य थापा र उनले संचालन गर्न लागेको “यु स्टार्ट अगेन” नामक कार्यक्रममा बधाई र शुभकामना दिनेहरुको लामो सुची थियो । ठुलो संख्यामा उपस्थित सबै जना उनीसंग हात मिलाएर, फुल दिएर र अन्य तरिकाले उनलाई आफ्नो सदिक्षा प्रकट गरेका थिए । त्यस्तै अतिथि, बिशेष अतिथि र प्रमुख अतिथिहरुले पनि आफ्ना धारणाहरु व्यक्त गर्दै शुभकामना दिएका थिए । नेपाल सरकारका मन्त्रीहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिस्ट र कलाकारहरु सिताराम कट्टेल र बद्रि पंगेनीका साथै अमेरिकाका लागी नेपाली राजदुत अर्जुन कार्कीले समेत भिडियो मार्फत शुभकामना संदेश व्यक्त गरेका थिए ।
प्रमुख अतिथिको रुपमा राजेश हमाल, सभापतिको आसनबाट खगेन्द्र छेत्री, महाबाणिज्यदुत ऋषि ढकाल, एनआरएन आइसीसी क्षेत्रिय संयोजक गौरी जोशी, हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष समाजसेवी हेम पाठक, नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द बिस्ट, एनआरएन अमेरिकाका बरिस्ठ उपाध्यक्ष सुनिल शाह, प्रबासी नेपाली मंचबाट यमुना भट्टराई, एएनएका महासचिव विजय भट्टराईले सम्बोधन मार्फत शुभकामना दिएको उक्त कार्यक्रममा अतिथि र उपस्थित सबैलाई नेपाली समाज टेक्सासका पुर्ब अध्यक्ष श्री कृष्ण लामिछानेले स्वागत गर्नु भएको थियो ।

अमेरिका र बिशेष गरी टेक्सासमा उत्पादन र प्रशारण शुरु हुन लागेको यो पहिलो कार्यक्रम भने होइन । कतिपय कार्यक्रमहरु शुरु हुने तर बिभिन्न कारणले निरन्तरता दिन नसकी बन्द हुने परम्पराको बीच शुरुवात हुन लागेको यो कार्यक्रम पनि निरन्तरता नै प्रमुख चुनौती हो । यसमा प्रस्तुत हुने बिषयबस्तुको अभाव नहुँदा नहुँदै पनि समयको अभाव, आर्थिक कारण र अन्य व्यक्तिगत कारणले निरन्तरतामा ब्यबधान खडा हुने गर्छ । तर पत्रकार सुर्य थापाले शुरु गर्न लागेको यो कार्यक्रम अनन्तकालसम्म चलोस् र प्रबासमा रहेका नेपालीहरुको धड्कन बन्न सकोस् यहि नै हामी युएस एंड नेपाल डटको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं । (लेखनाथ गौतम)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907