Archive for: June, 2017

कालीगण्डकी करिडोर आएपछि खुसीयाली

बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन […]


अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा

रियाद (साउदी अरब), २२ जेठ । साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् । आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । इजिप्टसहित […]


बेलायतमा भएको आतङ्कबादी आक्रमणको सर्वत्र निन्दा

पेरिस, २१ जेठ । बेलायतको राजधानी लण्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणमा फ्रान्सका नागरिक पनि परेको भन्दै फ्रान्सले दुःख व्यक्त गरेको छ । घटनामा परी पीडित भएकालाई सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले आइतबार निकालेको विज्ञप्तिमा आतङ्कबाद विरुद्ध लड्न बेलायतलगायतका देशकाबीचमा थप सशक्त सहकार्यको आवश्यकता […]


लन्डन आक्रमणमा संलग्न भएको आरोपमा बाह्रजना पक्राउ

लन्डन, २१ जेठ । मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए । प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ । शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने […]


ट्रंपका विनासकारी निर्णयहरु र पेरिस सम्झ्यौताको वास्तविकता

ट्रंप रास्ट्रपति बनेको करिब साढे चार महिना भएको छ। यो अबधिमा धेरै क्रिया र प्रतिक्रिया संचार माध्यममा आए। ट्रंपको पहिलो ट्राभल ब्यानले धक्का खाए पछि उनले दोश्रो प्रयास गरे। त्यसले पनि धक्का खायो। उनी त्यो भन्दा माथिल्ला अदालत पुगे। हरेक ठाउंमा धक्का खाए र अब सर्बोच्च अदालत जाने तयारीमा उनी छन्। उनको दोश्रो कदम ओबामा […]


आयोगको निर्णयको भरतपुर महानगरका दलहरुको मिश्रित प्रतिक्रिया

चितवन, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै यहाँका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेस र (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा (एमाले)ले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए । गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा […]


एएनएको जुलाई सम्मेलन एक दिन: संयुक्त सम्मेलन सेप्टेम्बरमा हुने

जुन ३, अमेरिका। नेपालीहरुको सबभन्दा पुरानो संस्था एएनएले यहि जुलाईको पहिलो हप्ता गर्ने भनेको बार्षिक सम्मेलनको नयाँ तालिका सार्बजनिक गरेको छ। बिगत ३३ बर्ष देखि गर्दै आएको उक्त सम्मेलन यसपटक भने छोट्याएर एक दिन बनाइएको छ भने त्यसलाई अरु बृहद र अन्य संस्थाहरुसंग मिलेर गर्नको लागि अर्को मिति सेप्टेम्बर १ देखि ३ सम्म तोकिएको छ। […]


पेरिस सम्झौताबाट बाहिर निस्किनु ट्रंपको ऐतिहासिक भुल

पेरिस, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो भुल गरेका छन् जसका कारण उनको आफ्नै देश अमेरिका र विश्वलाई नै गम्भीर समस्यामा पार्नेछ । ट्रम्पको दाबी छ, पेरिस सम्झौतामा […]


नेजा सांगीतिक साँझ: एक सम्पूर्ण प्रस्तुतिको प्याकेज

डालस, जुन २। अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले यहि जुन १७ गते शनिबार एक भब्य “सांगीतिक साँझ” आयोजना गरेको छ। समय समयमा विभिन्न कारणले घाइते हुने, बिरामी हुने वा मृत्यु समेत हुने पत्रकार र उनीहरुको परिबारलाई सहयोग गर्ने उद्देस्य साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ यो साँझ हुन लागेको आयोजकहरुले बताएका छन्। कार्यक्रम नेजाका […]


मिस नेपाल क्यालिफोर्निया २०१७ को पत्रकार सम्मेलन सम्पन्न

प्रेम परियार, क्यालिफोर्निया मे ३०, २०१७, – मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजकद्वारा पत्रकार सम्मेलन सम्पन्न गरेको छ I चहल पहल प्रोडक्सनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वे एरियामा क्रियासिल पत्रकारहरुको उल्लेख्य सहभागिता थियो I कार्यक्रममा मिस नेपाल क्यालिफोर्निया २०१७ सम्बन्धी तयारीहरु, प्रतिस्प्रधी छनौट प्रक्रिया, यस कार्यक्रमको उद्देस्य्हरु माथि सहभागीहरुलाई जानकारी गराइएको थियो I बर्क्लीको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907