मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा
चितवन, १८ जेठ (जुन १) । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । […]